काठमाडौं ।
पाेर्चुगिच स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा अनुबन्धित भएका छन् । उन्ले सन् २०२५ सम्मका लागि अल नासरमा रहने सम्झौता गरेका हुन् ।
पोर्चुगलका कप्तान रहेका रोनाल्डो म्यान्चेस्टर यूनाइटेडसँगको सम्झौता रद्द गरेपछि फ्रि एनेन्टका रुपमा रहेका थिए । रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक प्रति वर्ष १७७ मिलियन पाउण्ड पाउनेछन् ।
३७ वर्षीय उनले ‘अर्को देशमा नयाँ फुटबल लिगको अनुभव गर्न उत्सुक रहेको’ बताएका छन्। रोनाल्डोले थपे,‘म भाग्यशाली छु कि मैले युरोपेली फुटबलमा सबै कुरा जितेको छु र एसियामा मेरो अनुभव बाँड्ने यो सही समय हो भन्ने महसुस गरिरहेको छु।’
नौ पटकको साउदी प्रो लिग च्याम्पियन अल नासरले याे ट्रान्स्फरले इतिहार बनाएकाे र आगामी भविष्यमा यस्ले साउदीको लिग, राष्ट्र र भावि पुस्तालाई आफैमा उत्कृष्ट हुन प्रेरित गर्ने क्लबले बताएको छ ।
साउदी क्लबमा आबद्द भएसंगै रोनाल्डो र मेस्सी पुन एकपल्ट आमने सामने हुने पक्का भएको छ। अर्जेन्टिनि खेलाडी लियोनेल मेस्सी अहिले ब्यबसायिक फुटबल खेलिरहेको पीएसजी क्लब र रोनाल्डो आबद्द भएको अल नासर क्लब दुबैले ‘रियाद सिजन कप’ खेल्ने गर्छन।
र अहिले रोनाल्डो साउदी क्लबमा गएसंगै रोनाल्डो र मेस्सीको रियाद सिजन कपमा भिड्ने पक्का भएको छ। यसअघि रोनाल्डोले समर ट्रान्स्फरमा अर्को साउदीकै टिम अल हिलालले गरेकाे ३०५ मिलियन पाउन्डकाे सम्झौता अस्वीकार गरेका थिए । त्यसबेला उनी युनाइटेडमै खुसी थिए।
नोभेम्बरको सुरुआतमा उनले टक टीभीका लागि पेरिस मोर्गानलाई दिएको अन्तरवार्तमा आफुलाई युनाइटेडले धोका दिएको महसुस भएको बताएका थिए । उनले, प्रशिक्षक एरिक टने हागले आफुलाई अपमानजनक व्यवहार गरेको र क्लबबाट बहिरिन बाध्य पारेको बताएका थिए ।
रोनाल्डोले युनाइटेडका लागि समग्रमा ३४६ खेल खेल्दै १४५ गोल गरेका छन् । उन्ले रियाल मड्रिड गएको १२ वर्षपछि युनाइटमा आफ्नो दोस्रो इनिङका लागि अनुबन्ध भएका थिए । त्यसबीचमा उनी सन् २०१८ देखि २०२१ सम्म इटालियन क्लब युभेन्टसका लागि खेलिरहेका थिए ।
युनाइटेडमा रोनाल्डोको दोस्रो इनिङ सोचे अनुसारको भएन । त्यस कारण उनले युरोप छाडेर एसियाको बाटो रोजेको अनुमान लगाउन सकिन्छ ।