काठमाण्डौ।
राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । पहिलो जित हात पार्ने क्रममा पोखराले फार वेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो ।
टियु मैदानमा १ सय ८० रनको लक्ष्य पोखराले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । पोखरालाई पहिलो जित दिलाउने क्रममा आसिफ शेखले सर्वाधिक ४५ रन बनाए । कुशल मल्लले २२ बलमा पाँच छक्काको मद्दतमा ४० रन बनाए । तथा सुमित महर्जनले ३८ रन बनाए ।
सिद्धान्त लोहनी २३ तथा अमिर हम्जा १२ रनमा आउट भए ।फार वेस्टका लागि उमेर अलि,करण केसी र प्रकाह जैशीले समान २/२ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनायो ।
फार वेस्टका लागि उमर अलिले २२ रन बनाउँदा देव खनालले ३३ रन बनाए । रशिद खानले ३२ रन बनाए ।हसिम अंसारी र भिम सार्कीले १७/१७ रन तथा करण केसीले अविजित १२ रन बनाए । पोखराका लागि जाहिर खानले ३ तथा तुल बहादुर थापा र अमिर हम्जाले समान २/२ विकेट लिए ।
कुशल मल्ल र आरिफ शेखले समान १/१ विकेट लिए । छैटौं खेल खेलेर पहिलो जित हासिल गरेको पोखरा ६ खेलमा २ अंक अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।पाँच खेल खेलेर १ जित हात पारेको फार वेस्ट २ अंक सहित अंक तालिकाको पुछारमा झरेको छ ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।