पेलेको निधनले रुँदै नेयमारले लेखे भावुक श्रद्धाञ्जली

काठमाडौं।

ब्राजिलका स्टार फरवार्ड नेयमारले पेलेको जादू सधैं जीवित रहने बताएका छन्। विश्व तथा ब्राजिली लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएपछि नेयमारले सामाजिक संजाल मार्फत फुटबलका लागि पेलेले दिएको योगदान सधैं जीवित रहने बताएका हुन्।

नेयमारले सामाजिक संजाल माफत पेले भन्दा पहिला १० एउटा नम्बर मात्रै थियो भन्ने भनाईलाई उल्लेख गरेका छन्। त्यसक्रममा उनले पेले भन्दा अगाडी फुटबल एक खेल मात्रै रहेको र पेलेका कारण फुटबल कला र मनोरञ्जनमा परिणत भएको दावी गरेका छन्।

“जीवनको कुनै एक समयमा मैले कतै पढेको थिएँ – पेले भन्दा पहिला ‘१०’ मात्रै एक नम्बर थियो। तर यो वाक्य, सुन्दर, अपूर्ण छ। म भन्छु कि पेले भन्दा पहिले फुटबल एक खेल मात्र थियो। पेलेले सबै परिवर्तन गरे। उनले फुटबललाई कलामा परिणत गरे, मनोरञ्जनमा परिणत गरे।”,नेयमारले सामाजिक संजालमा लेखेका छन्।

पेलेले गरिब, अश्वेत र ब्राजिलका मानिसहरुलाई आवाज दिएको पनि नेयमारले दावी गरेका छन्। पेलेका कारण फुटबल र ब्राजिललाई दृश्यता प्राप्त भएको नेयमारको भनाई छ।

नेयमारले थप लेखेका छन्,”उनले गरिबहरूलाई आवाज दिए। अश्वेतहरूलाई र विशेष गरी: उनले ब्राजिललाई दृश्यता दिए। फुटबल र ब्राजिलले आफ्नो हैसियत बढाए, राजालाई धन्यवाद! उनी गए, तर उनको जादू रहिरहनेछ। पेले अनन्त छन्”

पेले पछिल्लो केही वर्षयता किड्नी र प्रोटेस्टको समस्यासँग जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्यान्सर समेत देखिएको थियो। क्यान्सरकै केमो थेरापीका लागि उनी पछिल्लो एक महिनायता अस्पतालमा रहेका थिए ।

पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनकी छोरी केलि नासिमेन्तोले समर्थकलाई सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको स्वास्थ्य अवस्था अपडेट गराउँदै आएकी थिइन्।

सम्बाददाता

Leave a Reply

Next Post

देव, अर्जुन र गुलशनसहित २८ खेलाडीले यु १९ टिमको बन्द प्रशिक्षणमा

Fri Dec 30 , 2022
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ राष्ट्रिय क्रिकेट टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा २८ खेलाडी डाकेको छ ।क्यानले शुक्रबार यू-१९ टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी डाकिएको जनाएको छ । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटका लागि बन्द प्रशिक्षणका २८ खेलाडी डाकिएको क्यानले जनाएको छ ।  छनोट युएईमा आगामी फेब्रुअरीमा […]

You May Like

error: