काठमाडौँ ।
फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका अर्जेन्टिनाका सेन्ट्रल मिडफिल्डर एन्जो फेर्नानडेजलाई प्रिमियर लिग क्लब चेल्सीले सय मिलियनभन्दा बढीको अफर गरेको छ ।
हाल पोर्चुगलको क्लब बेनिफिकाबाट खेलिरहेका एन्जोलाई चेल्सीले करिब १२८ मिलियन डलरको अफर गरेको हो ।एन्जोलाई भित्र्याउने बारे छलफल गर्न चेल्सीका प्रतिनिधि लिस्बन पुगिसेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
विश्वकपपछि एन्जोलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुलले पनि इच्छा देखाएको थियो ।तर चेल्सीले आफ्नो आफ्नो अफरलाई तिब्रता दिदै क्लबसँग छलफल अगाडी बढाएको हो ।
विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउने क्रममा गरेको उत्कृष्ट प्रदर्शनका लागि २१ बर्षिय एन्जोलाई यस विश्वकपको उत्कृष्ट युवा पुरस्कार दिइएको थियो ।युनाइटेड, लिभरपुललगायतका क्लबले एन्जोलाई अफर गरेपनि चेल्सीले बेनिफिकाको रिलिज क्लज अनुसार अफर गरेकाले उनी अब चेल्सी आउने सम्भावना बढी देखिएको छ ।
हाल चेल्सीमा जोर्जिन्होको यसै सिजनपछि सम्झौता सकिन लागेको र एन्गोलो कान्टेको समेत सम्झौता सकिने भएकाले एन्जोलाई भित्र्याउन चेल्सीले विशेष पहल गरेको बताइएको छ ।एन्जो यहि जनवरी ट्रान्सफरमा नै बेनिफिका छोड्ने तयारीमा रहेको उल्लेख गरिएको छ ।