रोनाल्डोलाई पछ्याउँदै छोरा रोनाल्डो जुनियर नया क्लबमा आबद्द

काठमाडौँ ।

क्रिस्टियानो रोनाल्डो जुनियर आफ्नो बुवालाई पछ्याउँदै म्यानचेस्टर युनाइटेड छोडेर रियल म्याड्रिडको एकेडेमीमा पुनः अनुबन्ध भएका छन्।

१२ वर्षीया रोनाल्डो जुनियरले रियल, युभेन्टस र त्यसपछि युनाइटेडको प्रतिनिधित्व गर्दै आफ्नो बुबा आबद्ध जुनसुकै क्लबको युवा श्रेणीमा खेलेका छन् । अब, नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तापछि युनाइटेडबाट रोनाल्डो बाहिरिएपछि, उनका छोराले पनि क्लब छाडेका हुन् ।

पत्रकार एडु कोर्नागोले मंगलबार रोनाल्डो जुनियरको रियलको एकेडेमीमा फर्केको बारेमा ट्वीट गरेका थिए । रोनाल्डो जुनियरले यसअघि रियलका २० खेलमा ५० भन्दा बढी गोल गरेका थिए ।

यो महिनाको सुरुमा रोनाल्डोले आफ्नो पूर्व क्लब रियलसँग संक्षिप्त प्रशिक्षण गरेका थिए । क्रिस्टियानो जुनियर सन् २०१० मा स्यान डिएगोमा जन्मेका थिए र उनको उपनाम ‘क्रिस्टियानिन्हो’ वा ‘लिटिल क्रिस्टियानो हो।

यो पनि : विश्वकपमा ‘आपत्तिजनक’ व्यवहार देखाउदा आफ्नै क्लबले छाड्यो मार्टिनेजको साथ
विश्वकप फुटबलको फाइनल खेलपछि अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै एस्टन भिल्लाका प्रशिक्षक उनाई एम्रीले उनलाई बिक्री गर्ने तयारी गरेका छन् ।

स्पेनिस पत्रिकालाई उद्धृत गर्दै डेली मेलले एम्री मार्टिनेजको व्यवहारबाट खुसी नरहेको उल्लेख गरेको छ । विश्वकपमा उत्कृष्ट गोलकिपरका लागि ‘गोल्ड ग्लोब’ को अवार्ड हात पारेपछि मार्टिनेजले ट्रफीसँग आपत्तिजनक सङ्केत गरेका थिए ।

फुटबल एस्पानाको रिपोर्टमा एम्रीले मार्टिनेजको सो व्यवहारलाई नरुचाएको बताइएको छ । रिपोर्टमा मार्टिनेजले विश्वकपमा गरेको प्रदर्शनका बाबजुद एम्री उनलाई ‘चाँडोभन्दा चाँडो’ बिक्री गर्न चाहेको उल्लेख छ ।

यता, फाइनलपछि ३० वर्षीय गोलकिपरले बारम्बार किलियान एम्बाप्पेलाई गिज्याएको भन्दै फ्रान्सले फिफामा उनीविरुद्ध उजुरीसमेत गरेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

एमबाप्पेको उत्कृष्ट गोलमा पिएसजीको रोमाञ्चक जित,नेयमारलईले खाए रातो कार्ड

Thu Dec 29 , 2022
काठमाडौं। फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्टार्सबर्गलाई हराएको छ। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले २-१ गोलअन्तरको जित निकालेको हो। खेलको १४ औं मिनेटमा नेइमारले फ्रिकिकमा प्रहार गरेको बललाई हेडरमार्फत गोल गर्दै मार्क्विन्होसले पीएसजीलाई अग्रता दिलाउँदा घरेलु टोली पहिलो हाफमा एक […]

You May Like

error: