काठमाडौँ ।
गण्डकी–११ र सिपि क्यस्पेनिरो बीच भएको मैत्रीपूर्ण खेलमा पहिलो हाफ सक्किदा सिपि क्यस्पेनिरो २-० ले अगाडी रहेको छ । स्पेनको क्लबले पहिलो खेल गण्डकी–११ संग आज दिउसो २:३० बजे देखि सुरु भएको हो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा रहने गण्डकी–११ फुटबल टिमको प्रशिक्षण राजेन्द्र तामाङले सम्हालेका छन्।
खेलको २२ औ मिनेटमा कार्मेलो मेरेन्सियानो मोराले सिपि क्यस्पेनिरोको लागि पहिलो गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमै मिशेल क्यारिलेरोले दोश्रो गोल गर्दै २-० को अबस्था सिर्जना गरे। स्पेनिस क्लब सिपि क्यस्पेनिरोले २८ औमिनेट दोश्रो गोल गर्दै गण्डकी–११ माथि दबाब सिर्जना गरेको हो ।
दुई मैत्रीपूर्ण फुटबलका लागि स्पेनको दोस्रो डिभिजन क्लब नेपाल आएको छ। लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको फुटबल टिम दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको हो।
फाउन्डेसनले अखिल नेपाल फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ दुई मैत्रीपूर्ण खेल खेल्न स्पेनको काथैरेन्यो फुटबल क्लब नेपाल आएको हो।
यसैगरी काठमाडौं–११ को टिम नेपाली राष्ट्रिय फुटबल टिमका अर्का पूर्वकप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ। काठमाडौं टिमको प्रशिक्षकमा मेघराज केसी रहेका छन्।
यसै विषयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी–११ का कप्तान गुरुङले भने, ‘स्पेनिस टेली नेपाल आउँदै छ। खुसी लागेको छ। यो फुटबलप्रेमीहरुका लागि नै ठूलो कुरा हो।’
त्यस्तै काठमाडौं–११ का कप्तान महर्जनले भने, ‘लिजेन्ड खेलाडीहरुसँग खेल्न पाउनु हाम्रो लागि राम्रो एक्सपोजर हो। यो राम्रो अवसर हो। आयोजकलाई धन्यवाद।’
नेपाल टेलिभिजनले काठमाडौं ११ र गण्डकी ११ विरुद्धको सीपी कासेरेनोको दुवै खेल प्रशारण गर्ने भएको छ । टिभीमा सजिलै नेपाल टेलिभिजन च्यानलबाट र मोबाइल प्रयोग कर्ताले मिडिया हब अफिसियलको आधिकारिक फेसबुक पेज र युटुब च्यानल मार्फत हेर्न सक्नुहुन्छ ।
गण्डकी–११ : अनिल गुरुङ (कप्तान), दीप कार्की (गोलकिपर), राजा बहादुर मगर (गोलकिपर), मानबहादुर तामाङ, आशिष गुरुङ, सुवास गुरुङ, कमल थापा, सुमित श्रेष्ठ, जीवन गुरुङ, जय गुरुङ, सरोज योञ्जन, दिपेश आले मगर, विजय श्रेष्ठ, सन्तबहादुर गुरुङ, भिसोन गुरुङ, सरोज योञ्जन, रंदिप पौडेल, रोशन राना मगर