पीएसजीमा मेस्सी कहिले फर्किने बारे बाहिरियो ठुलो खबर !

काठमाडौं ।

कतारमा सम्पन्न विश्वकप फुटबलमा उपविजेता बनेको फ्रान्सका स्टार स्ट्राइकर तथा गोल्डेन बुट विजेता केलियन एमबाप्पे क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा फर्किसकेका छन् ।

विश्वकपपछि बुधबार सुरु हुने फ्रेन्च लिगमा पहिलो दिनमै पीएसजीले प्रतिस्पर्धा गर्दैछ । तर, पीएसजीका अर्का प्रभावशाली स्ट्राइकर लियोनल मेस्सी भने क्लब फर्किएका छैनन् । उनी परिवारसँग रमाइरहेका छन् ।

स्पेनिस अखबार मार्काका अनुसार पीएसजीले खेल्ने अबका कम्तीमा तीन खेल मेस्सीले खेल्नेछैनन् । मेस्सी नयाँ वर्ष परिवारसँग मनाएरमात्र पीएसजी फर्कने तयारीमा छन् । एमबाप्पेकै टोली फ्रान्सलाई फाइनलमा टाइब्रेकरमा हराएर मेस्सी नेतृत्वको अर्जेन्टिना विश्व विजेता बनेको थियो ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जित्दा मेस्सीले पनि विश्व च्याम्पियन सपना पूरा गरेका थिए । प्रतियोगितामा उनी सर्वोत्कृष्ट खेलाडी पनि बन्न सफल भएका थिए ।

मार्काका अनुसार जनवरी ११ तारिखमा हुने पीएसजीको खेलदेखि मात्र मेस्सी टोलीमा मिसिने सम्भावना छ । त्यसअघि पीएसजीले जनवरी १ र ६ तारिखमा पनि खेल्नेछ ।

मेस्सीको हालसालैमात्र परिवारसँग क्रिसमस मनाएको तस्विर सार्वजनिक भएको थियो । मेस्सी पीएसजीसँगको सम्झौता एक वर्ष लम्ब्याउने तयारीमा छन् । उनको चालू सम्झौता सन् २०२३ मा सकिँदैछ ।

यो पनि : विश्वकपमा ‘आपत्तिजनक’ व्यवहार देखाउदा आफ्नै क्लबले छाड्यो मार्टिनेजको साथ
विश्वकप फुटबलको फाइनल खेलपछि अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै एस्टन भिल्लाका प्रशिक्षक उनाई एम्रीले उनलाई बिक्री गर्ने तयारी गरेका छन् । स्पेनिस पत्रिकालाई उद्धृत गर्दै डेली मेलले एम्री मार्टिनेजको व्यवहारबाट खुसी नरहेको उल्लेख गरेको छ ।

विश्वकपमा उत्कृष्ट गोलकिपरका लागि ‘गोल्ड ग्लोब’ को अवार्ड हात पारेपछि मार्टिनेजले ट्रफीसँग आपत्तिजनक सङ्केत गरेका थिए ।

फुटबल एस्पानाको रिपोर्टमा एम्रीले मार्टिनेजको सो व्यवहारलाई नरुचाएको बताइएको छ । रिपोर्टमा मार्टिनेजले विश्वकपमा गरेको प्रदर्शनका बाबजुद एम्री उनलाई ‘चाँडोभन्दा चाँडो’ बिक्री गर्न चाहेको उल्लेख छ ।

यता, फाइनलपछि ३० वर्षीय गोलकिपरले बारम्बार किलियान एम्बाप्पेलाई गिज्याएको भन्दै फ्रान्सले फिफामा उनीविरुद्ध उजुरीसमेत गरेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकपपछि मेस्सीलाई ठूलो खुसीको खबर, एम्बाप्पेलाई ठूलो धक्का !

Tue Dec 27 , 2022
काठमाडौं। सन् २०२२ मा लियोनल मेस्सीको पछिल्लो ६ महिना उल्लेखनीय रह्यो। अर्जेन्टिनाका फुटबलर फ्रान्समा फ्रेन्च लिग १ को उपाधि जित्न सफल भए र उनले आफ्नो लामो करियरमा नपाएको एकमात्र उपाधि, विश्वकप पनि जित्न सफल भए। यस कारणले गर्दा, फ्रान्सले पहिले नै किलियन एमबाप्पेलाई सबैभन्दा खराब समाचार दिइरहेको छ। बालोन डी’ओरको […]

You May Like

error: