काठमाडौँ।
इङ्ग्ल्यान्डका कप्तान बेन स्टोक्सले टेस्ट क्रिकेटलाई पर्याप्त महत्व नदिइएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
हालै पाकिस्तानलाई टेष्ट सिरिजमा ३–० ले पराजित गरेका बेन स्टोक्सले बीबीसीको एक कार्यक्रममा पूर्व क्रिकेटर इयान बोथमसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
उनले भने, ‘जसरी टेस्ट क्रिकेटबारे कुरा गरिन्छ, त्यो मलाई मन पर्दैन । नयाँ फर्मेट र फ्रेन्चाइजी क्रिकेटका कारण प्रशंसकको ध्यान यसबाट हटिरहेको छ । हामी मान्छौँ कि टेस्ट क्रिकेटभन्दा इतर खेलाडीसँग धेरै नै अवसर छन् ।
तर मेरा लागि यो निकै खास हो ।’ यस कुराकानीमा, स्टोक्सले आईसीसीलाई टेस्ट क्रिकेटमा मानिसहरूको रुचि बढाउन केही फरक कदम चाल्न आग्रह गरे ।
“I can’t tell you how much pride I felt”
England cricket captain Ben Stokes @benstokes38 took a break last year to focus on his mental health
He tells @AmolRajan & #R4Today guest editor @BeefyBotham he’s pleased opening up has helped others
Listen live: https://t.co/PYiPAN4nFS pic.twitter.com/V3dFm0IkTc
— BBC Radio 4 Today (@BBCr4today) December 26, 2022
उनले भने, ‘मलाई टेस्ट क्रिकेट खेल्न मन पर्छ र मलाई लाग्छ कि हामी केहि फरक कदम चाल्न सक्छौं ।’ यसै क्रममा इयान बोथमले फ्रेन्चाइजी क्रिकेट राम्रो विचार भए पनि घरेलु लिग र टेस्ट म्याचबीच सन्तुलन हुनुपर्ने बताए ।
उनले भने, ‘टेस्ट म्याचलाई ‘टेस्ट म्याच’ भन्नुको खास कारण छ । यसले कुनै पनि खेलाडीको क्षमता परीक्षण गर्छ ।’