काठमाडौं।
इंग्लिस पिमियर लिग फुटबलमा टोटेनहमले ब्रेन्टफोर्डसँग बराबरी खेलेको छ ।सोमबार भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
ब्रेन्टफोर्डले बनाएको दुई गोलको अग्रता उल्टाएर टोटेनहमले बराबरी खेलेको हो ।खेलको १५ औं मिनेटमा भिटाली जानेल्टले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
५४ औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० को अग्रता दिलाए ।खेलको ६५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई २-१ को स्थितिमा ल्याए ।त्यसपछि खेलको ७१ औं मिनेटमा पिएरे इमिलले गोल गर्दै टोटेनहमलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै टोटेनहम १६ खेलमा ३० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।ब्रेन्टफोर्ड २० अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यो पनि पढ्नुहोस्: ४ टिम सहभागी भएको प्रतियोगितामा नेपाल चौथो !
बंगलादेशमा भइरहेको काभा यू-२३ पूरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहीन बनेको छ । सोमबार ढाकामा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल श्रीलंकासँग पराजित भयो । प्रतियोगितामा नेपालले खेलेको पाँचवटै खेल हारेको हो ।
प्रतिस्पर्धात्मक खेलमा नेपाल श्रीलंकासँग ३-२ को सेटमा पराजित भयो । यसअघि लिग चरणमा पनि नेपाल श्रीलंकासँग पराजित भएको थियो ।श्रीलंकासँग नेपालले पहिलो सेट जिते पनि लय कायम राख्न सकेन ।
त्यसपछि लगातार दुई सेट गुमायो र चौथो सेट जित्दै खेल बराबरी गरेको थियो । तर पाँचौ तथा निर्णायक सेटमा नेपाल १५-१० ले पराजित भयो ।पहिलो सेट नेपालले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो ।
तर दोस्रो सेट श्रीलंकाले २५-१९ र तेस्रो सेट पनि २५-१९ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता बनायो । चौथो सेटमा नेपालले पुनरागमन गर्दै २५-२० ले आफ्नो पक्षमा पारेर खेल बराबर गरेको थियो ।
तर अन्तिम सेटमा नेपालले लय कायम राख्न सकेन । अन्तिम सेट १५-१० ले आफ्नो पक्षमा पार्दै श्रीलंका खेल जितेर तेस्रो भयो । चार टिममात्र सहभागी प्रतियोगिताको फर्म्याट अजीवको थियो ।
समूह चरणमा सबैले सबैसँग खेलेर अंकका आधारमा चार टिमको वरीयता निर्धारण भएको थियो । तीमध्ये समूहको शीर्ष र अन्तिम हुने तथा दोस्रो र तेस्रो हुनेबीच सेमिफाइनल खेलाइएको थियो ।
सेमिफाइनलमा पराजित टिमबीट तेस्रो स्थानका लागि अर्को खेल खेलाइयो । नेपालले प्रतियोगितामा पाँच खेल खेलेर एउटा पनि जित्न सकेन । उसले १५ सेट हार्दा ४ सेटमा जित निकालेको हो ।प्रतियोगिताको उपाधिका लागि सोमबारै घरेलु टोली बंगलादेश र कीर्गिस्तानबीच फाइनल खेल हुनेछ ।