हङकङमाथि बागमतीको विशाल जित,बागमतीले गर्यो सिरिज नै ‘क्लिन स्विप’

काठमाडौं।

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखलामा बागमती प्रदेशले ‘क्लिन स्विप’ गरेको छ ।बागमतीले मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न दोस्रो तथा अन्तिम खेलमा हङकङ क्रिकेट क्लबमाथि बागमति प्रदेशले ४ विकेटको जित निकालेको हो।

हङकङले प्रस्तुत गरेको एक सय दुई रनको लक्ष्य पछ्याएको बागमतीले ६ विकेटको २९.२ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।बागमतीका लागि सोनी पाख्रिनले ४४ बलमा चार चौका मद्दतमा सर्वाधिक २७ रनको योगदान दिइन् ।

यसैगरी कञ्चन श्रेष्ठले २५ तथा सलिना सिलवालले अविजित २१ रन जोडे । हङकङका लागि बेलीले चनले तीन,इमा साईले दुई तथा कार्या चनले एक लिए ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङलले २५ ओभरमा सबै विकेट गुमाउँदै एक सय एक रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि कार्या चनले २८ बलमा तीन चौका मद्दतमा सामना गर्दै सर्वाधिक २२ को योगदान दिइन् ।इमा साईले १६ रनको योगदान दिदाँ अन्य ब्याटरले दोहोरो अकंसम्म जोड्न सकेनन् ।

बागमतीका लागि खुसि डंगोल र सोनी पाख्रिनले समान तीन,अस्मिना कर्माचार्यले दुई तथा विपिसा शाहीले एक विकेट लिए । आइतबार भएको पहिलो खेलमा दुई विकेटको जित हात पारेको बागमतीले ४० ओभरको दुई श्रुंखला २–० ले आफ्नो पक्षमा पारेको हो ।अब बागमती र हंङकङबीच मंगलबारबाट दुई खेलको टी–२० श्रृंखला हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल सबै खेलमा पराजित हुँदा पनि प्रशिक्षक भट्ट खुसी

Mon Dec 26 , 2022
काठमाडौं। चार टिम सहभागी बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल चोथो भयो।नेपाली टिमले लिगका ३ सहित कुल ५ खेल खेल्यो । ५ खेलमा नेपाल पाँचै खेलमा पराजित भयो, चौथो बन्यो । ५ खेलमा नेपाल ३ खेलमा ३–०को सोझो सेटमा पराजित हुँदा दुई खेलमा ३–२को सेटमा […]

You May Like

error: