कडा सुरक्षालाई पार गर्दै फाइनल खेलको मैदानमा प्रवेश गर्ने यी ब्याक्तिलाई कारबाही गर्दै फिफा

काठमाडौँ ।

कतार विश्वकप २०२२ को फाइनल खेलपछि मैदानमा उपस्थित भएका चर्चित टर्किस सेफ नुस्ररेट गोक्सी (साल्ट बे)माथि विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले अनुसन्धान गर्ने भएको छ ।

कडा सुरक्षा घेरा पार गर्दै मैदान प्रवेश गरेका बेको चर्काे आलोचना भइरहेको छ । गत आइतबार दोहामा सम्पन्न फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन भएको थियो ।

निर्धारित समयको ९० र अतिरिक्त ३० मिनेटको समयमा ३–३ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो । फाइनलपछि बेले सामाजिक सञ्जालमा विश्वकप समापन समारोहको तस्बिर सार्वजनिक गरेका थिए ।

साथै, अर्जेन्टिनाका लियोनल मेसीसहित अन्य खेलाडीसँग खिचेको तस्बिर राखेका थिए । विश्वकपको समापन समारोहमा मैदानमा जान खेलाडी र फिफाका पदाधिकारीलाई मात्रै अनुमति छ । तर, सेफ बे मैदानमै गएर तस्बिर राखेपछि फिफाको चर्काे आलोचना भएको हो ।

बेले विश्वकपको सुरुवातमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनो, ब्राजिलका रोनाल्डो, काफु र रोबर्टाे कार्लाेससँगका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । विवादमा आएपछि फिफा अध्यक्ष इन्फान्टिनोले बेलाई इन्स्टाग्राममा ‘अनफलो’ गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

साल्ट बेलाई इन्स्टाग्राममा ५० मिलियनले फलो गरेका छन् । सन् २०१७ पछि चर्चामा आएका बेले पछिल्लो समय खेलाडी र विभिन्न सेलेब्रिटीसँग भिडियो बनाउँदै सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् ।

पिएसजीमा सम्झौता लम्बाउदै मेसी:
अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नविकरण गर्न सहमत भएका छन्। बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन्।

कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन्। मेसी विजयी र्‍यालीमा सहभागी छन्। मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ। खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे।

मेसी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए। यसै सिजन मेसीको सम्झौता सकिँदै छ। यद्यपि, दोहामा पिएसजी अध्यक्ष नासेर अल खेलाफीसँग मेसीले बार्ता गर्दै क्लबमै रहने बताएका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल टी-२० लिगमा एकै खेलाडीले लिए ५ विकेट !

Mon Dec 26 , 2022
काठमाडौं । जनकपुर रोयल्सका स्पिनर ललित राजवंशी नेपाल टी-२० लिगकाे एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन् । सोमबार विराटनगर सुपर किंग्सविरुद्ध २३ वर्षीय बायाँहाते स्पीनर राजवंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै […]

You May Like

error: