बिश्वकपमा अभद्र सेलिब्रेसन गरेका कारण मुश्किलमा परे मार्टिनेज

काठमाडौँ ।

इंग्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लाले आफ्ना गोलकिपर अर्जेन्टिनी इमिलियानो मार्टिनेजसँग स्पष्टीकरण सोध्ने भएको छ।

विश्वकपको फाइनल खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गर्दै आफ्नो टोलीलाई जिताएसँगै विजय उत्सव मनाउने क्रममा उनले गरेका हर्कतले अहिले आलोचना भइरहेको छ। सोही उत्सवको विषयमा एस्टन भिल्लाले उनीसँग स्पष्टीकरण सोध्न लागेको हो।

एस्टन भिल्लाका मालिक उनाई एमेरीले आफूले यस विषयमा मार्टिनेजसँग कुरा गर्ने बताएका छन्। विश्वकप सकिएपछि मार्टिनेज अहिलेसम्म आफ्नो क्लबको ट्रेनिङमा फर्किएका छैनन्।

यद्यपि विश्व विजेता टोलीका गोलकिपरले आफ्नो क्लब फर्किाँदा विश्वकपमा गरेको प्रदर्शनको तारिफभन्दा पनि स्पष्टीकरण दिनुपर्ने भएको हो। सञ्चारकर्मीहरुसँगको कुराकानीमा एमरीले भने, ‘कहिलेकाहीँ धेरै भावुक हुँदा यसलाई नियन्त्रण गर्न निकै गाह्रो हुन्छ।’

‘म आगामी साता उनीसँग उनको विजय उत्सव मनाउने शैलीबारे कुरा गर्नेछु। यद्यपि म उनले राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनको भने सम्मान गर्छु। उनी क्लबमा फर्किएपछि उनले गरेको व्यवहारबारे कुरा गर्नु हाम्रो दायित्व पनि हो’, उनले थपे।

एमरीको तुलनात्मक नयाँ टोली पछिल्लो समय केही लयमा देखिएको छ। विश्वकप सुरु हुनुभन्दा पहिला यो टोलीले लगातार दुई खेलमा जित हात पारेको थियो। सोही लयका साथ सोमबार हुने लिभरपुल विरुद्धको खेलमा मैदान उत्रिने लक्ष्यमा एस्टन भिल्ला छ।

एमरीले लिभरपुलले अहिलेसम्म २२ अंक पाएको अवस्थामा आफूहरु पनि लिगमा १८ अंकमा रहेको भन्दै सोमबारको खेलमा सकारात्मक नतिजाको पक्षमा रहेको बताएका छन्।

उनले भने, ‘हामीलाई के लाग्छ भने यो खेल हामीले जित्यौं भने हामी निकै नजिक पुग्नेछौं।’ यद्यपि सोमबार हुने खेलमा मार्टिनेज भने उपस्थित हुने छैनन्।

सम्बाददाता

Leave a Reply

Next Post

विशेष काम गर्न नेपाल आउँदै पाेर्चुगलका यी चर्चित प्रशिक्षक !

Sun Dec 25 , 2022
काठमाडौं । युरोपेली फुटबल महासंघ (युईएफए)को प्रो लाइसेन्स प्रशिक्षकको सहभागितामा नेपालमा युथ फुटबल क्याम्प आयोजना हुने भएको छ । पेरिविंकल सर्भिस प्रालिले आयोजना गरेकोे यो क्याम्प शनिबारदेखि पुस २४ गतेदेखि माघ ८ गतेसम्म ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलको मैदानमा सन्चालन हुनेछ । सम्भावित युवा फुटबलरको पहिचान, उनीहरुलाई मार्गदर्शन र फुटबलमा लाग्न […]

You May Like

error: