सस्तैमा आउट हुदा रिसाउदै विराट कोहली, पहिले विपक्षीलाई औंला देखाए र त्यसपछि…[भिडियोसहित]

काठमाडौँ।

टीम इन्डियाका पूर्व कप्तान विराट कोहली बंगलादेशविरुद्धको शेर–ए–बंगला क्रिकेट स्टेडियममा भएको दोस्रो टेस्ट म्याचमा फ्लप साबित भएका छन् । उनले खेलको दोस्रो इनिङ्समा २२ बल सामना गरे र केवल एक रन बनाए। (भिडियो अन्तिममा छ।)

उनलाई मोमिनुल हकले उत्कृष्ट क्याच लिएपछि अफ स्पिनर मेहदी हसन मिराजले प्याभिलियन पठाए । विराट आउट भएपछि प्याभिलियन फर्कदै गर्दा उनी रिसाए र आफ्नो आपा गुमाएका थिए ।

विराट एक रन बनाएर आउट भए:
बंगलादेशविरुद्धको दोस्रो टेष्ट खेलको तेस्रो दिन शनिबार विराट कोहली मेहदी हसन मिराजको शिकार बनेका थिए । उनी दोस्रो इनिङ्समा एक रन बनाएर आउट भए ।

उनलाई इनिङ्सको २० औं ओभरको ५ औं बलमा मेहदी हसनले मोमिनुल हकको हातमा क्याच आउट गराए । उनी टोलीको चौथो विकेटका रूपमा आउट भए, जसका कारण टीम इन्डियाको स्कोर ४ विकेटमा ३७ रन बन्यो ।

आउट भएपछि विराट विपक्षीमाथि रिसाए । उनी प्याभिलियन फर्कदै गर्दा विपक्षी टोलीका खेलाडीले उनलाई केही भनेजस्तो देखिन्छ । विराट रिसाएर फर्किए र विपक्षी खेलाडीतर्फ औंला उठाए ।

उनले फिल्डमा केही भने र प्याबिलिएन फर्किएका थिए। विराटको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसैबीच बंगलादेशका कप्तान शकिब अल हसन र मैदानमा रहेका अम्पायरले उनलाई सम्झाए र उनी केही भन्दै प्याभिलियन फर्किएका थिए ।

यो खेल जित्नका लागि भारतीय टोलीलाई १४५ रनको लक्ष्य दिइएको छ । तर, तेस्रो दिनको खेल सकिँदासम्म भारतले ४ विकेट गुमाएको थियो । कार्यवाहक कप्तान केएल राहुल २, चेतेश्वर पुजारा ६, शुभमन गिल ७ र विराट कोहली १ रन बनाएर फर्किए ।

तेस्रो दिनसम्म भारतले २३ ओभरमा ४ विकेट गुमाएर ४५ रन बनाएको छ । स्टम्पको समयमा अक्षर पटेल २६ र जयदेव उनाडकट ३ रन बनाएर क्रिजमा थिए ।

 

सम्बाददाता

Leave a Reply

Next Post

बिश्वकपमा अभद्र सेलिब्रेसन गरेका कारण मुश्किलमा परे मार्टिनेज

Sun Dec 25 , 2022
काठमाडौँ । इंग्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लाले आफ्ना गोलकिपर अर्जेन्टिनी इमिलियानो मार्टिनेजसँग स्पष्टीकरण सोध्ने भएको छ। विश्वकपको फाइनल खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गर्दै आफ्नो टोलीलाई जिताएसँगै विजय उत्सव मनाउने क्रममा उनले गरेका हर्कतले अहिले आलोचना भइरहेको छ। सोही उत्सवको विषयमा एस्टन भिल्लाले उनीसँग स्पष्टीकरण सोध्न लागेको हो। एस्टन […]

You May Like

error: