आइपिएलमा पहिलो सहभागितामा नै १३ करोड भन्दा बढीमा आबद्द भए यी खेलाडी

काठमाडौँ ।

इन्डियन प्रिमियर लिगको मिनी अक्सन शुक्रबार राति सकिएको छ। अक्सनमा यो पटक केही खेलाडीकाे लिलामी अप्रत्यासित रह्यो। भारतको कोचीमा कुल ८० खेलाडीको लिलामी हुँदा ५५ भारतीय र २९ विदेशी खेलाडी टोलीमा रहेका थिए।

इंग्ल्यान्डका ह्यारी ब्रुक्स पहिलो पटक आइपिएल अक्सनमा रहेका थिए। २३ वर्षीय ब्याट्सम्यान ब्रुक्सले पहिलो सहभागितामा नै सनसनीपूर्ण मूल्य पाए।

यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका ब्रुक्सले सनराइजर्स हैदराबादमा १३.२५ करोड भारतीय रुपैयाँमा अनुबन्धन तय गरे। ब्रुक्सले यसै महिना पाकिस्तान भ्रमण गरेका थिए। उनले ३ टेस्टको सिरिजमा ९३.६० को औषतमा ४६८ रन बनाएका थिए।

साथै उनले पाकिस्तानविरुद्धको ७ टी-२० सिरिजमा पनि सानदार प्रदर्शन गर्दै १६३.०१ को स्ट्राइकमा २३८ रन बनाएका थिए। आइपिएल अक्सनमा पहिलो सहभागिता भए पनि ब्रुक्सले पाकिस्तानी प्रिमियर लिगमा भने खेलिसकेका छन्।

साम करन जो इतिहासकै महँगो बने:
इंग्ल्यान्डका अल राउन्डर साम करनले आइपिएल इतिहासमै सर्वाधिक महँगो मूल्यमा बिक्दै नयाँ कीर्तिमान बनाए। २४ वर्षीय करनलाई १८.५० करोडमा पञ्जाबले खरिद गर्दै नयाँ इतिहास बनाएकाे हाे।

त्यस्तै, अस्ट्रेलियाका क्यामरुन ग्रिनलाई मुम्बईले १७ करोड ५० लाखमा खरिद गर्‍याे। उनले पनि यसअघि सर्वाधिक महँगोमा बिकेका मोरिसको कीर्तिमान भंग गरे।

इंग्ल्यान्डका टेस्ट टिमका कप्तान बेन स्टोक्स १६ करोड २५ लाखमा चेन्नई सुपर किंग्सले खरिद गर्दा जेसन होल्डरले राजस्थान रोयल्सले जेसन होल्डरलाई ५.७५ करोडमा खरिद गरेको थियो।

सर्वाधिक महँगो विकेटकिपर पुरन:
आइपिएल इतिहासमा निकोलस पुरन सर्वाधिक मँहगो विकेटकिपरका रूपमा रहे। वेस्टइन्डिजका स्टार खेलाडी पुरनलाई १६ करोडमा लखनउ सुपर जायन्ट्सले खरिद गर्‍याे। यसअघि सर्वाधिक मूल्य पाउने विकेटकिपर मुम्बईका ईशान किशन बनेका थिए।

सम्बाददाता

Leave a Reply

Next Post

पहिलो खेलमा नै सानदार जित निकालेपछी कप्तान ज्ञानेन्द्रलले दिए रोचक प्रतिक्रिया

Sat Dec 24 , 2022
काठमाडौं नेपाल टी २० लिगको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएपछि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले अफगानी ब्याटर अज्मतुल्लाह ओमारजाईको इनिङनै जितको आधार भएको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको नेपाल टी २० लिगको पहिलो खेलमा ज्ञानेन्द्रको काठमाडौंले पोखराविरुद्ध २६ रनको जित निकालेको थियो। […]

You May Like

error: