नेपाल टी-ट्वान्टी लिगमा आशिफ शेखको टिम बिरुद्द ज्ञानेन्द्रको टिमको सानदार जित

काठमाडौं ।

आजबाट सुरु भएको पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टीट्वान्टी लिगमा काठमाडौं विजयी सुरुवात गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६३ रनको लक्ष्य पाएको पोखरा निर्धारित ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो ।

पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अमिर हमाज र अभिमन्यु मिथुनले समान १८/१८ रन बनाए । काठमाडौका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित योगदान गरे । उनले ४२ बलमा ३ चौका र ७ छक्काको आक्रमक पारि खेले ।

यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, विरनदिप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २२ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा लिग विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपैयाँ पाउने जनाएको छ ।

यसैगरी, तेस्रो स्थानकाले १० लाख र चौथो हुनेले पाँच लाख पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले पाँच लाख, उत्कृष्ट बलर र ब्याट्सम्यानले समान दुई लाख ५० हजार प्राप्त गर्नेछन् ।

यस्तै, इमर्जिङ प्लेयरले एक लाख ४० हजार र प्लेयर अफ दी म्याचले ४० हजार प्राप्त गर्नेछन् । कीर्तिपुर मैदानमा शनिबार हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

आइपिएलमा पहिलो सहभागितामा नै १३ करोड भन्दा बढीमा आबद्द भए यी खेलाडी

Sat Dec 24 , 2022
काठमाडौँ । इन्डियन प्रिमियर लिगको मिनी अक्सन शुक्रबार राति सकिएको छ। अक्सनमा यो पटक केही खेलाडीकाे लिलामी अप्रत्यासित रह्यो। भारतको कोचीमा कुल ८० खेलाडीको लिलामी हुँदा ५५ भारतीय र २९ विदेशी खेलाडी टोलीमा रहेका थिए। इंग्ल्यान्डका ह्यारी ब्रुक्स पहिलो पटक आइपिएल अक्सनमा रहेका थिए। २३ वर्षीय ब्याट्सम्यान ब्रुक्सले पहिलो सहभागितामा […]

You May Like

error: