विवादास्पद सेलिब्रेसनका कारण लेवान्डोस्कीले पाए ठुलो सजाए

काठमाडौँ

बार्सिलोनाका स्टाइकर रोबर्ट लेवान्डोस्कीमाथि लागेको तीन खेलको प्रतिबन्ध कायम रहने भएको छ। स्पेनिस ला लिगाअन्तर्गत ओसासुनाविरुद्धको खेलमा गोल गरेपछि मनाएको विवादास्पद विजय उत्सवको कारण लेवान्डोस्कीमाथि तीन खेलमा प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो।

बार्सिलोनाले उक्त निर्णयमा पुनरवलोकनको लागि भन्दै एड्मिनिस्ट्रेटिभ कोर्ट अफ स्पोर्ट (टीएडी)मा अपिल गरेको थियो। तर, डीएडीले उक्त अपिल खारेज गर्दै लेवान्डोस्कीलाई प्रतिबन्ध लगाउने निर्णयलाई साथ दिएको हो।

यससँगै लेवान्डोस्कीले एस्पानिओर, एथ्लेटिको मड्रिड र गेटाफेविरुद्धको खेल गुमाउने भएका छन्। विश्वकपअघिको अन्तिम खेलमा लेवान्डोस्कीले गरेको विजयउत्सवको सेलिब्रेसन उनको लागि निकै महँगो साबित भएको हो।

यो सिजनमा लेवान्डोस्कीले १३ गोल गरेका छन्। यस्तो अवस्थामा तीन खेलमा उनको विकल्प खोज्नु टोलीका प्रशिक्षक जाभी हर्नान्डेजका लागि मुख्य चुनौती हुनेछ।

यो पनि : कतारले भत्काउन सुरु गर्यो नेपाललाई दिने भनेको रंगशाला !
कतारले हालै सम्पन्न गरेको विश्वकप २०२२ लाई लक्षित गरी निर्माण गरेका रंगशाला भत्काउन सुरु गरेको छ ।

विश्वकप सफलतापूर्वक सम्पन्न भएपछि कतारले रंगशाला व्यवस्थापनको काम सुरु गरेको हो । कतारले विश्वकपको लागि आठ वटा नयाँ रंगशाला निर्माण गरेको थियो ।

आठ वटा मध्ये स्टेडियम ९७४ नामक रंगशाला अस्थायी किसिमको बनाइएको थियो । कतारले ९७४ सिपिङ कन्टेनरको प्रयोग गरी सो रंगशाला निर्माण गरेको थियो । निर्माण सामाग्री कै नाममा रंगशालाको नाम राखिएको थियो ।

यो रंगशाला विश्वकै भिन्न रंगशाला हो । जसमा गिटी, वालुवा, सिमेन्ट, ढुगां लगायतका सामाग्रीको प्रयोग गरिएको थिएन । जसका कारण यो रंगशालाले विश्वमा नै चर्चा बटुलेको थियो ।

कतारले सो रंगशाला नेपाली कामदारको सम्मान स्वरुप नेपाल सरकारलाई प्रदान गर्ने अनौपचारिक घोषणा गरेको थियो । तर, अहिले रंगशाला भत्काउन थाले पछि नेपालले पाउने भन्ने बिषयको चर्चा भने सेलाएको छ ।

यद्यपी कतारले सो सामाग्रीको व्यवस्थापन कसरी गर्नेछ भन्ने बिषयमा समेत कुनै यकिन भै सकेको छैन । तर, कतार सरकारले सो रंगशालाको सामाग्री टयूनिसियलाई दिने भन्ने कतार भित्र नै चर्चा चलेको छ ।

कतारले भर्खरै मात्रै रंगशाला भत्काउन शुरु गरेको फिफा विश्वकपको व्यवस्थापनमा खटिएका एक नेपालीले बताए । उनका अनुसार भर्खरै भत्काउन सुरुवात भएको छ ।

रंगशालाको सामाग्री कसरी व्यवस्थापन भन्ने बिषयमा कतारी सरकारले कुनै पनि उद्घोष गरेको छैन । कतारले निर्माण गरेको सो रंगशालामा ४० हजार मानिस अट्न सक्ने क्षमताको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल टी-ट्वान्टी लिगमा आशिफ शेखको टिम बिरुद्द ज्ञानेन्द्रको टिमको सानदार जित

Sat Dec 24 , 2022
काठमाडौं । आजबाट सुरु भएको पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टीट्वान्टी लिगमा काठमाडौं विजयी सुरुवात गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६३ रनको लक्ष्य पाएको पोखरा निर्धारित ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो । पोखराको […]

You May Like

error: