मेस्सीलाई फुटबलको राजाबाट हटायो फिफा,रोनाल्डोको फ्यानलाई खुसीको खबर

काठमाडौं।

फुटबल सुपरस्टार मेस्सीले अर्जेन्टिनालाई २०२२को विश्व कप जिताए पछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलको गोट, अर्थात् सबै समयको महान् खेलाडी को रहेको बहसको अन्त्य भएको भन्दै पोस्ट गरेको थियो तर उक्त पोस्टको धेरै आलोचना भए पछि फिफाले सो पोस्ट डिलिट गरेको छ।

फुटबल जगतमा रोनाल्डो क्रिस्टियानो रोनाल्डो र मेस्सी मध्ये को गोट, अर्थात् सबै समयको महान् खेलाडी को रहेको भनेर धेरै बहस हुँदै आएको छ भने अर्जेन्टिनाले विश्व कप उपाधि जिते पछि फिफाले आफ्नो सामाजिक संजालहरुमा मेस्सीको फोटो राख्दै गोट बहसको अन्त्य भयो भन्दै पोस्ट गरेको थियो।

उक्त पोस्टको लागि फिफा माथि धेरै आलोचना भएको थियो भने फिफाले क्रिस्टियानो रोनाल्डोको अपमान गरेको भनेर पनि धेरै फ्यानहरूले आरोप लगाए पछि अन्त्यमा फिफाले सो पोस्ट डिलिट गरेको छ।

सो पोस्टबाट रोनाल्डोका फ्यानहरू खुसी थिएनन् भने फुटबलको सर्वोच्च निकाय नै त्यस्तो पोस्ट गर्नु उपयुक्त नरहेको धेरैको विश्वास थियो र हाल फिफाले सो पोस्ट डिलिट गरेको छ।

लुसिल स्टेडियममा भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाले बाजी मा’र्‍यो । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले पेनाल्टीमा गोल गरे ।तर, किन्सले कोम्यानले, अरुलिन चुवामेनीले गोल गर्न चुके ।अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालोले गोल गरे ।

सम्बाददाता

Leave a Reply

Next Post

रोनाल्डोले गरे एम्बाप्पेको खुलेर प्रशंसा !

Fri Dec 23 , 2022
काठमाडौं। ब्राजिलियन लिजेन्ड रोनाल्डो नाजारियो २०२२ फिफा विश्वकपमा केलियन एमबाप्पेको शानदार प्रदर्शन देखेर छक्क परेका छन्। एम्बाप्पे कतारमा भएको प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका थिए, उनले आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए। रोनाल्डो एमबाप्पेको प्रदर्शनबाट विशेष प्रभावित छन्। फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि फ्रान्स प्रतियोगिताको उपविजेता बनेको थियो । […]

You May Like

error: