नेपाली क्रिकेट खेलाडीलाई आयो खुसीको खबर!

काठमाडौं।

नेपाल क्रिकेट संघ (क्यान) ले तयारी नपुगेको भन्दै आज शुक्रबारबाट सुरु हुने नेपाल टी-ट्वान्टी लिग फेरि सरेको छ।पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिग प्रतियोगिता फेरि सरेको छ।क्यानले आधिकारिक रुपमा प्रतियोगिता सरेको र नयाँ मिति तय गरेको जनाएको छ।

पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिग प्रतियोगिता एक दिन पछि सरेको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता एक दिन पछि सरेको जनाएको छ ।

क्यानले प्राविधिक कारणले प्रतियोगिता एक दिन ढिला सुरु हुने जनाएको छ ।अब प्रतियोगिता पुस ९ गते शनिबारबाट सुरु हुने भएको छ ।

यस अघि क्यानले प्रतियोगिता पुस ८ बाट २६ गतेसम्म हुने जनाएको थियो।क्यानले नेपाल टी-ट्वान्टी लिगको टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृतान्त खनाललाई नियुक्त गरेको छ ।

नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टी-ट्वान्टी लिग शनिबारबाट त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आयोजना हुदैछ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यस लिगमा काठमाडौं नाइट राईडर्स,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

यस लिगमा ६७ नेपाली तथा ३३ विदेशी खेलाडी छनोट भएका छन् । लुम्बिनी अल स्टार्सले ७ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले ६/६ विदेशी खेलाडी अनुबन्ध गरेको छ । फार वेष्ट युनाइटेड र पोखरा एभेन्जर्सले समान ५/५ तथा काठमाडौं नाइट्समा ४ विदेशी खेलाडी अनुबन्धित छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

मेस्सीलाई फुटबलको राजाबाट हटायो फिफा,रोनाल्डोको फ्यानलाई खुसीको खबर

Fri Dec 23 , 2022
काठमाडौं। फुटबल सुपरस्टार मेस्सीले अर्जेन्टिनालाई २०२२को विश्व कप जिताए पछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलको गोट, अर्थात् सबै समयको महान् खेलाडी को रहेको बहसको अन्त्य भएको भन्दै पोस्ट गरेको थियो तर उक्त पोस्टको धेरै आलोचना भए पछि फिफाले सो पोस्ट डिलिट गरेको छ। फुटबल जगतमा रोनाल्डो क्रिस्टियानो रोनाल्डो र […]

You May Like

error: