बंगलादेशमा नेपालको खराब सुरुवात,पहिलो खेलमा नै नेपालको विशाल हार

काठमाडौं।

बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।ढाकामा बिहीबार भएको उद्घाटन खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-० को सोझो सेटमा हराएको हो ।नेपालमाथि बंगलादेशले २६-२४,२५-२२ र २५-२१ को सेटमा जित निकालेको हो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।अब नेपालले दोस्रो खेलमा भोलि शुक्रबार श्रीलंकासँग खेल्नेछ ।यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार किर्गिस्तानसँग खेल्नेछ ।

यता विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को विश्व वरीयतामा नेपाल यथावत रहेको छ ।फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ । नेपाल अघिल्लो महिना पनि १७७ औं स्थानमै रहेको थियो ।

दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । १०६ औं स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको स्थानमा छ । १५६ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ । यस्तै नेपालपछि भुटान १८५ औं स्थानमा रहदा बंगलादेश १९२ औं स्थानमा रहेको छ ।

पाकिस्तान १९५ औं स्थानमा रहदा श्रीलंका १०७ औं स्थानमा छ ।कतार विश्वकप विजेता अर्जेन्टिना भने वरीयताको दोस्रो स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा अर्जेन्टिना तेस्रो स्थानमा रहेको थियो ।

विश्व वरीयताको शीर्ष स्थानमा ब्राजिल यथावत रहेको छ । अर्जेन्टिना दोस्रो स्थानमा उक्लदा फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ ।यस्तै बेल्जियम चौंथो स्थानमा झर्दा इंग्ल्यान्ड पाँचौं स्थानमा रहेको छ ।नयाँ वरीयतामा नेदरल्यान्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेन छैटौंदेखि दशौँ स्थानमा रहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

एमबाप्पेमाथि क्लबले गर्यो पैसाको वर्षा!एमबाप्पे भए मालामाल

Thu Dec 22 , 2022
काठमाडौं। २४ वर्षका एमबाप्पेले ५६ वर्षमा फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दै २०२२ को विश्वकपमा गोल्डेन बुट जितेका थिए। फ्रान्सले २०१८ को विश्वकप जित्दा ४ गोल गरेका उनले कतारमा भएको प्रतियोगिताभर आठ गोल गरेका थिए। फ्रेन्च स्टारमा रियलको चासो सबैलाई थाहा भएको कुरा नै हो र स्पेनिस च्याम्पियनले २०२१ को […]

You May Like

error: