कतारले भत्काउन सुरु गर्यो नेपाललाई दिने भनेको रंगशाला !

काठमाडौँ।

कतारले हालै सम्पन्न गरेको विश्वकप २०२२ लाई लक्षित गरी निर्माण गरेका रंगशाला भत्काउन सुरु गरेको छ ।

विश्वकप सफलतापूर्वक सम्पन्न भएपछि कतारले रंगशाला व्यवस्थापनको काम सुरु गरेको हो । कतारले विश्वकपको लागि आठ वटा नयाँ रंगशाला निर्माण गरेको थियो ।

आठ वटा मध्ये स्टेडियम ९७४ नामक रंगशाला अस्थायी किसिमको बनाइएको थियो । कतारले ९७४ सिपिङ कन्टेनरको प्रयोग गरी सो रंगशाला निर्माण गरेको थियो । निर्माण सामाग्री कै नाममा रंगशालाको नाम राखिएको थियो ।

यो रंगशाला विश्वकै भिन्न रंगशाला हो । जसमा गिटी, वालुवा, सिमेन्ट, ढुगां लगायतका सामाग्रीको प्रयोग गरिएको थिएन । जसका कारण यो रंगशालाले विश्वमा नै चर्चा बटुलेको थियो ।

कतारले सो रंगशाला नेपाली कामदारको सम्मान स्वरुप नेपाल सरकारलाई प्रदान गर्ने अनौपचारिक घोषणा गरेको थियो । तर, अहिले रंगशाला भत्काउन थाले पछि नेपालले पाउने भन्ने बिषयको चर्चा भने सेलाएको छ ।

यद्यपी कतारले सो सामाग्रीको व्यवस्थापन कसरी गर्नेछ भन्ने बिषयमा समेत कुनै यकिन भै सकेको छैन । तर, कतार सरकारले सो रंगशालाको सामाग्री टयूनिसियलाई दिने भन्ने कतार भित्र नै चर्चा चलेको छ ।

कतारले भर्खरै मात्रै रंगशाला भत्काउन शुरु गरेको फिफा विश्वकपको व्यवस्थापनमा खटिएका एक नेपालीले बताए । उनका अनुसार भर्खरै भत्काउन सुरुवात भएको छ ।

रंगशालाको सामाग्री कसरी व्यवस्थापन भन्ने बिषयमा कतारी सरकारले कुनै पनि उद्घोष गरेको छैन । कतारले निर्माण गरेको सो रंगशालामा ४० हजार मानिस अट्न सक्ने क्षमताको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

मार्टिनेजको चर्को निन्दा गर्दै फ्रान्सका पूर्व फुटबलर रामी!

Thu Dec 22 , 2022
काठमाडौँ । फान्सको राष्ट्रिय टोलीका पूर्व डिफेन्डर अदिल रामीले अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजको आलोचना गरेका छन्। विश्वकपको उपाधि जितेपछि उनले केलियन एम्बाप्पेलाई होच्याउनेलगायतका हर्कत गरेकोमा आपत्ति जनाउँदै रामीले मार्टिनेज विश्वकप फुटबलमा सबैभन्दा धेरै घृणायोग्य व्यक्ति भएको उल्लेख गरेका हुन्। अर्जेन्टिनाले विश्वकप जितेपछि मार्टिनेजले एम्बाप्पेलाई लक्षित गरी नारासमेत लगाएका थिए। उनले […]

You May Like

error: