दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा,अर्जेन्टिनालाई फाइदा

काठमाडौं।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को विश्व वरीयतामा नेपाल यथावत रहेको छ ।फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ । नेपाल अघिल्लो महिना पनि १७७ औं स्थानमै रहेको थियो ।

दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । १०६ औं स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको स्थानमा छ । १५६ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ । यस्तै नेपालपछि भुटान १८५ औं स्थानमा रहदा बंगलादेश १९२ औं स्थानमा रहेको छ ।

पाकिस्तान १९५ औं स्थानमा रहदा श्रीलंका १०७ औं स्थानमा छ ।कतार विश्वकप विजेता अर्जेन्टिना भने वरीयताको दोस्रो स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा अर्जेन्टिना तेस्रो स्थानमा रहेको थियो ।

विश्व वरीयताको शीर्ष स्थानमा ब्राजिल यथावत रहेको छ । अर्जेन्टिना दोस्रो स्थानमा उक्लदा फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ ।यस्तै बेल्जियम चौंथो स्थानमा झर्दा इंग्ल्यान्ड पाँचौं स्थानमा रहेको छ ।नयाँ वरीयतामा नेदरल्यान्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेन छैटौंदेखि दशौँ स्थानमा रहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

जर्सी नम्बर '७' का साथै पैसा बर्षाउदा साउदी क्लबमा आबद्ध भए रोनाल्डो !

Thu Dec 22 , 2022
काठमाडौँ । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले जनवरी १ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन्। स्पेनिस सञ्चारमाध्यम मार्काका अनुसार रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अनुबन्धन हुन लागेका हुन्। ३७ वर्षीय रोनाल्डो २१ करोड ७० लाख अमेरिकी डलरमा क्लबमा आबद्ध हुन लागेका हुन्। रोनाल्डो आफ्नो क्लबमा आउलान् […]

You May Like

error: