काठमाडौँ ।
इरानका चर्चित व्यावसायिक फुटबल खेलाडी आमिर नसर–अजादानी २६ वर्ष पुगे । हालै उनले देशमा सरकार विरोधी प्रदर्शनमा भाग लिएका थिए । अब उनलाई मृ’त्युदण्डको सजाय हुन सक्छ ।
उनलाई महिला अधिकारको पक्षमा उभिएकोमा नभई १६ नोभेम्बरमा इस्फाहानमा तीन सुरक्षाकर्मीको मृ’त्युको लागि जिम्मेवार सशस्त्र समूहको सदस्य भएको कारण सजाय सुनाइनेछ ।
बीबीसीको फारसी सेवाका अनुसार अधिकारीहरूले आमिरले आफ्नो अपराध स्वीकार गरेको दाबी गरेका छन् । अधिकारीहरुका अनुसार सीसीटीभी फुटेजबाहेक उनीहरुसँग अरु धेरै प्रमाणहरु छन् जुन आमिर सहित नौ जनाको अपराध प्रमाणित गर्न पर्याप्त छन् ।
बीबीसी फारसीका अनुसार सजायको घोषणा भने भइसकेको छैन । इरानको कानुन अनुसार यदि उनी हतियार प्रयोग गरेकोमा दोषी पाइयो भने उनलाई मृ’त्युदण्डको सजाय हुनेछ ।
बीबीसी मोनिटरिङका अनुसार इरानी न्यायाधीशहरूले मिडियामा प्रकाशित समाचारलाई ध्यान नदिई आफ्नो फैसला दिने संकेत गरेका छन् । इरान भित्र र बाहिर सामाजिक सञ्जालमा आमिरको पक्षमा अभियान चलिरहेको छ । जनताले अमिर नसर–अजादानीको पक्षमा मत दिएर समर्थन गरिरहेका छन् ।
को हुन् अमिर नसर–अजादानी ?
नसर अजदानीको जन्म सन् १९९६ मा इरानको प्रसिद्ध सहर इस्फाहानमा भएको थियो । उनको करियर इस्फाहानको टोली सेपाहान स्पोर्ट क्लबसँग जोडिएको थियो । यो क्लब इरानको शीर्ष लिग पर्शियन गल्फ क्लबमा खेल्छ ।
सन् २०१४ मा आमिर तेहरानको क्लब राह–अहानमा सामेल भए । यो इरानको सबैभन्दा पुरानो क्लब हो । त्यसको अर्को वर्ष अमिर ट्र्याक्टर स्पोर्ट्स क्लबमा आवद्ध भएका थिए । सन् २०१९ सम्म उनी त्यहीँबाट खेले ।
मुद्दाको सुनुवाइ सकिएपछि अमिर नसर–अजादानीलाई मृ’त्युदण्डको सजाय हुन सक्छ । इस्लामिक गणतन्त्र इरानको न्याय प्रणालीमा मोहरेबेह भनिने अपराध छ ।
१७ नोभेम्बर, २०२२ मा, इरानमा जारी प्रदर्शनको बीचमा कर्नेल इस्माइल चरागीको मृत्युको खबर आयो । तीन दिन पछि, नोभेम्बर २० मा, इरानको आधिकारिक प्रसारक आईआरआईबीले एउटा भिडियो जारी गर्यो जसमा तीन जनाले चरागीको मृ’त्युको जिम्मेवारी लिएका थिए ।
उक्त भिडियोपछि अधिकारीहरूले अमिर नसर–अजादानी, सालेह मिरहाश्मी र साई याकूबीलाई यस हत्याको आरोप लगाएको बताए ।
स्थानीय स्रोतले बीबीसीलाई भनेका छन् कि अजादानीले सरकार विरुद्धको विरोध प्रदर्शनमा भाग लिएका थिए तर कर्णेलको हत्यामा उनी संलग्न थिए भन्ने कुरा झुट हो किनभने ह’त्याको समयमा उनी त्यहाँ थिएनन् ।
आमिरको पक्षमा ठूला स्टार:
कतारमा जारी विश्वकपको बीचमा चर्चित गायिका शकिराले पनि आइतबार यो कुरा औँल्याएकी थिइन् । कोलम्बियाली गायिका शकिराले ट्वीट गर्दै भनिन्, ‘आज विश्वकपको फाइनल हो । महिला अधिकारको पक्षमा उभिएर मृ’त्युदण्डको सजाय पाएका अमिर नसरलाई सारा संसारले सम्झने आशा गर्छु ।’
विश्वका धेरै ठूला कलाकार र सेलिब्रेटीले अमिर नसरको पक्षमा बयान दिएका छन् । स्पेनिस फुटबलर मार्क बार्ट्राले ट्वीट गरे, ‘के हामी सबै हात बाँधेर हेरिरहने ? यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन । सबैले आमिर नस्रलाई साथ दिनुपर्छ । र ती सबै मानिसहरुलाई पनि जो यति भयंकर स्थितिबाट गुज्रिरहेका छन् । स्टप । स्टप ।
यसैबीच, व्यावसायिक फुटबलर युनियन फिफ्प्रोले महिला अधिकारको पक्षमा बोलेको आरोपमा आमिरलाई मृ’त्युदण्डको सजाय सुनाएको खबर सुनेर स्तब्ध भएको जनाएको छ ।
युनियनले लेखेको छ, ‘हामी सबै अमिरको साथमा छौँ । हामी उनको सजाय तत्काल खारेज गर्न माग गर्दछौँ ।’