मेस्सीलाई एक पछि अर्को ठूलो सफलता,पाए अर्को ठूलो अवार्ड

काठमाण्डाै ।

साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।

अर्जेन्टिनाले लगातार दोस्रोपल्ट विश्वकप जित्नुमा उनीहरुका सर्वोत्कृष्ट खेलाडी लियोनल मेस्सीलाई श्रेय जानेछ । सुपरस्टार मेस्सीले फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरे । उनी विश्वकपकै उत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बलबाट पुरस्कृत रहे ।

उनले पेनाल्टी शुटआउटमा पनि एक गोल गरे । त्यसैले यस्तै शानदार प्रदर्शनकै कारण उनी फुटबल इतिहासकै एक महान खेलाडीका रुपमा स्थापित भएका छन् ।

यसो भन्न सकिन्छ, रोसारियोमा जन्मिएका यी स्ट्राइकरले अर्जेन्टिनालाई तेस्रोपल्ट विश्वकप जिताउने स्टार खेलाडी बन्न हरसम्भव प्रयास गरे । तर, यस्तै प्रयास प्रशिक्षक लियोनल स्कालोनीले पनि गरे ।

विश्वकपमा यो सफलताका लागि लियोनल मेस्सी र लियोनल स्कालोनीबीचको सम्बन्ध निकै महत्वपूर्ण छ । फाइनलपछि स्कोलानीले आफूहरुबीचको कुराकानीबारे विस्तृत जानकारी दिए ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी ‘स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । बीबीसीले कतार विश्व कप विजेता मेस्सीलाई सन् २०२२ को अवार्ड प्रदान गरेको हो ।

३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई यसवर्षको फिफा विश्व कप फुटबलको उपाधि दिलाएका थिए । फाइनलमा फ्रान्स पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भयो । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो । योसहित अर्जेन्टिना तेस्रो पटक विश्व कप उपाधि जित्न सफल भयो ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेस्सीले विश्व कपमा गोल्डेन बल समेत प्राप्त गरेका थिए । पाँचौँ पटक विश्व कप खेलेका मेस्सीले यो विश्व कपमा समग्रमा ७ गोल गरेका थिए । विश्व कपमा अर्जेन्टिनासँग पराजित फ्रान्सका किलियन एम्बापेले प्रतियोगितामा आठ गोल गरी गोल्डेन बुट जितेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

रोनाल्डोले मेसीलाई समर्थन गरेको भन्दै झुटो फोटो भाइरल भए पछि रोनाल्डोका फ्यानहरु आक्रोशित

Tue Dec 20 , 2022
काठमाडौं। कतारमा हालै सम्पन्न फुटबल विश्वकपका विषयमा सामाजिक सञ्जालमा विभिन्न मिथ्या र भ्रामक सामग्री फैलाइएका छन् । तीमध्ये पाेर्चुगलका खेलाडी क्रिस्टियानाे राेनाल्डाेले अर्जेन्टिनी खेलाडी लियाेनल मेसीकाे समर्थन गरेकाे भन्दै एउटा फाेटाे नेपाली सामाजिक सञ्जाल प्रयाेगकर्ताले भाइरल बनाएका छन् । ‘जाेक्स नेपाल’ नामक फेसबुक पेजमा गत मंसिर २८ गते राेनाल्डाेले टेलिभिजन […]

You May Like

error: