मेस्सी र स्कालोनीबीच त्यो कुराकानी, जसले खेलमा सबै कुरा परिवर्तन भयो

काठमाडौं ।

अर्जेन्टिनाले लगातार दोस्रोपल्ट विश्वकप जित्नुमा उनीहरुका सर्वोत्कृष्ट खेलाडी लियोनल मेस्सीलाई श्रेय जानेछ । सुपरस्टार मेस्सीले फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरे । उनी विश्वकपकै उत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बलबाट पुरस्कृत रहे ।

उनले पेनाल्टी शुटआउटमा पनि एक गोल गरे । त्यसैले यस्तै शानदार प्रदर्शनकै कारण उनी फुटबल इतिहासकै एक महान खेलाडीका रुपमा स्थापित भएका छन् ।

यसो भन्न सकिन्छ, रोसारियोमा जन्मिएका यी स्ट्राइकरले अर्जेन्टिनालाई तेस्रोपल्ट विश्वकप जिताउने स्टार खेलाडी बन्न हरसम्भव प्रयास गरे । तर, यस्तै प्रयास प्रशिक्षक लियोनल स्कालोनीले पनि गरे ।

विश्वकपमा यो सफलताका लागि लियोनल मेस्सी र लियोनल स्कालोनीबीचको सम्बन्ध निकै महत्वपूर्ण छ । फाइनलपछि स्कोलानीले आफूहरुबीचको कुराकानीबारे विस्तृत जानकारी दिए ।

‘म तपाईंहरुसँग सान जुवानमा ब्राजिलविरुद्ध गोलरहित बराबरी खेलेपछि (विश्वकप छनोट) मेस्सीसँग भएको केहि कुराकानी स्मरण गर्न चाहन्छु,’ मेस्सीका पूर्व टिममेटसमेत रहेका ४४ वर्षीय प्रशिक्षक स्कोलानीले भने, ‘अगाडि जे हुँदैन त्यसले समस्या निम्त्याउनसक्छ भन्नेमा म डराइरहेको थिएँ । त्यसैले उनी पेरिस फर्किनुअघि उनीसँग कुराकानी गर्न बसेँ ।’

‘मैले यही कुरा उनीसँग सुरु गरेँ । तर, उनले मसँग भने, ‘हामी प्रयास गरिरहनेछौं । सायद सबै ठीक हुनेछ । यदि भएन भने पनि कम्तिमा हामी प्रयास गर्नेछौं,’ मेस्सीको जवाफ सुनेपछि आफू थप आत्मविश्वासी भएको प्रशिक्षकले बताए ।

अर्जेन्टिनामा मेस्सीको भविष्य:
मेस्सीले फ्रान्ससँगको विश्वकप फाइनल नै आफ्नो करिअरको अन्तिम विश्वकप खेल हुने यसअघि नै घोषणा गरिसकेका थिए ।

मेस्सीको निर्णयलाई सम्मान गर्दै स्कालोनी भन्छन्, ‘मेरो विचारमा हामीले अर्को विश्वकपमा पनि उनका लागि स्थान बनाउनुपर्छं । यदि उनी खेल जारी राख्न चाहन्छन् भने उनका लागि २०२६ मा पनि खेल्ने अवसर छ ।

करिअरमा उनले आफूलाई सावित गर्नुपर्ने केहि बाँकी नभएकाले बाँकी भविष्यबारे निर्णय गर्ने अधिकार उनी स्वयम्लाई छाड्नुपर्ने स्कालोनी बताउँछन् ।

सम्बाददाता

Leave a Reply

Next Post

लियोनेल मेस्सीलाई लगाइएको कालो पहिरन के हो जसको निकै चर्चा भइरहेको छ

Mon Dec 19 , 2022
काठमाडौँ । आइतबार राति लियोनल मेस्सी र उनका ‘फ्यान’हरूले केही दशकदेखि देखेको सपना यथार्थमा परिणत भयो । ३६ वर्षको लामो प्रतीक्षापछि अर्जेन्टिनाले एकपटक फेरि आफ्नो प्रभुत्व कायम गर्‍यो । यसअघि अर्जेन्टिनाले सन् १९७८ तथा १९८६ को विश्वकप जितेको थियो । अर्जेन्टिनाले जितेपछि थुप्रै मिनेटसम्म क्यामराले लगातार लियोनल मेस्सीलाई ‘फलो’ गरिरहे […]

You May Like

error: