जितको खुसियाली नसकिँदै अर्जेन्टिनीका धेरै फ्यानलाई जेल सजाय हुने सम्भावना

काठमाडौं।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जित्दा फरक फरक किसिमले खुसियाली मनाउने क्रम जारी छ।कतारको लुसैल स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन गोन्जालो मोन्टियलले अन्तिम पेनाल्टी हानेपछि एकजना फ्यान अर्धनग्न भएकी छन्।

स्टेडियममा फ्रान्सलाई पराजित गरेपछि अर्जेन्टिनाको राष्ट्रिय झण्डायुक्त ब्यानरसहितकी एकजना महिला समर्थक अर्धनग्न भएकी हुन्।अर्जेन्टिनाको जर्सीमा रहेकी ती फ्यान अर्धनग्न भएपछि कतारको कानुन अनुसार उनलाई जेल सजाय हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अर्जेन्टिनाको शानदार जीतपछि उत्साहपूर्ण खुसियाली मनाउने क्रममा उनले आफ्नो शरीरको माथिल्लो भागको लुगा खोलेकी थिइन्। तर मुस्लिमहरुको कडा शासन रहेको कतारको कानुनअनुसार त्यसका लागि उनले जेल सजाय भोग्नुपर्ने भएको छ।

विश्वकपअघि नै सबै देशका प्रशंसकहरुलाई कतारको कडा र परम्परागत कानुन तथा संस्कृतिको सम्मान गर्न भनिएको थियो। कतारको कानुनअनुसार आमरुपमा पुरुष र महिला दुवैका लागि काँध र घुँडा पूरै ढाक्नुपर्ने भनिएको थियो।

रूढीवादी संस्कृति रहेको कतारमा महिलाहरुलाई कुनै किसिमको खुल्ला कपडा लगाउन निषेध गरिएको थियो। त्यस्तै कुनै अंग देखाउन पनि निषेध गरिएको छ। विदेशी महिला पर्यटकहरुलाई पनि पूरै शरीर ढाक्ने कालो लुगा लगाउन आवश्यक नपर्ने नियम बनाइएको थियो। विदेशी महिलाहरुलाई आफ्नो छाती ढाक्नका लागि गलामा स्कार्फ लगाउन भनिएको थियो।

साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।

पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो ।अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे ।

तर, किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके । कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार बाहिरिएको थियो ।त्यसअघि खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।

अतिरिक्त समयमा समेत दुबै टोलीले थप एक एक गोल गरेको थियो ।खेलको १०९ औं मिनेटमा मेस्सीले र खेलको ११८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल पेनाल्टीमा गएको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

मार्टिनेजले एम्बाप्पेका लागि मौन धारण गर्न आग्रह गरे पछि मच्चायो विश्वभर तहल्का

Mon Dec 19 , 2022
काठमाण्डौ। फिफा विश्वकपको फाइनलमा फ्रान्सका स्टार खेलाडी किलियन एमबाप्पेले तीन गोल गरेपछि अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कडा परीक्षा भोगेका छन्। यद्यपि, लेस ब्लुसका लागि उपाधि सुरक्षित गर्न २३ वर्षीय खेलाडीको यस्तो उत्कृष्ट प्रदर्शन पनि पर्याप्त भएन। किनकि अल्बिसेलेस्टेले पेनाल्टीमा साबिक विजेतालाई ४-२ ले पराजित गर्दै ३६ वर्षपछि विश्व विजेता बन्न […]

You May Like

error: