काठमाडौँ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीका फ्यान विश्वभर छन् । जसमध्ये उनका डाइहार्ट फ्यान नेपालमा पनि छन् । जसले मेस्सीका लागि जे पनि गर्न पछि पर्दैनन् । उनले मेसीलाई विश्वकप जित्न ग्रहहरूले वाधा अड्चन नगरोस् भन्ने सोचेर पूजाको काम आँफुले समयमा नै सम्पनन गरेको बताए । पूजा पण्डित बासुदेव आचार्यले गरेका छन् ।
जसमध्येका एक हुन् हेटौंडा ११, स्थित नवलपुरका सागर घिमिरे । उनले विश्वकपमा अर्जेन्टिनाको जित होस् र मेसीले जादुमय खेल देखाउन सकुन् भनेर शनिबार घरमै पूजा लगाएका हुन् । उनले मेसीका नाममा ९ ग्रहको पूजा गरेका छन् । कतारमा जारि फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
बुधबार राती अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गर्यो । यसअघि मंगलबार राति साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको थियो । माेरक्काेलाई हराउँदै फ्रान्स फाईनल पुगेसँगै अर्जेन्टिनासँगकाे भेट पक्का भएकाे हाे ।
समान दुई पटक विश्वकप जितेका यी टिम तेस्रो उपाधिको खोजिमा फाइनलमा भिड्नेछन् । कतारमा जारी विश्वकपको उपाधि रक्षाका लागि आज राति नेपाली समय अनुसार पौने ९ बजे हो । जहाँ मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्दैछ ।
यदी फाइनलमा अर्जेन्टिनालाई हराउनसके फान्स सन् २००२ मा ब्राजिल पछि लगातार दुई विश्वकप उपाधि जित्ने राष्ट्र बन्नेछ ।यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको थियो । त्यसयता दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।