विश्वकप फाइनलअघि फ्रान्सका मुख्य खेलाडी आइसोलेसनमा

काठमाडौं।

कतारमा जारी फिफा विश्वकप फाइनलको एक दिनअघि फाइनालिस्ट टिम फ्रान्सका खेलाडी आइसोलेसनमा रहेका छन्।

फ्रान्सको टिममा रहेका राफेल वारान र इब्राहिम कोनाटेलगायतका खेलाडीलाई रुघामर्की लागेपछि फ्रान्सेली फुटबलका धेरै खेलाडी आइसोलेसनमा रहेको फ्रेन्च फुटबल संघले जानकारी दिएको हो।

अब फ्रान्सले आइतबार लुसेल रंगशालामा हुने फाइनल खेलमा अर्जेन्टिनाको सामना गर्दैछ। चार वर्ष अघि रसिया विश्वकपको उपाधि जितेको फ्रान्स लगातार दोस्रो पटक फाइनलमा पुगेको हो।

फाइनल खेलअघि क्याम्पकै दौरान विरामी परेपछि डिफेन्डर डेयट उपामेकानो र मिडफिल्डर एड्रिन राबायोटले सेमीफाइनल खेल गुमाएका थिए। फ्रेन्च टिमका स्ट्राइकर रान्डल मुअनीले विरामी परेका खेलाडीहरु अहिले आइसोलेसनमा रहेका जानकारी दिएका छन्।

‘जो विरामी रहेका छन्। उनीहरु कोठामै छन्,’ मुअनीले भनेको बिबिसीले लेखेको छ, ‘उनीहरुलाई डाक्टरले हेरचाह गरिरहेका छन्। हामीले कडाइपूर्वक सामाजिक दुरी पनि राखेका छौं।’

त्यस्तै फरवार्ड ओउसमान डेम्बेलेले आफूहरु पनि भाइरसबाट सुरक्षित नभएको जनकारी दिएका छन्। फाइनल खेलअघि खेलाडी विरामीप परेपछि फ्रान्सले फाइनलमा उनीहरुलाई गुमाउन सक्ने अवस्था आएको छ।

‘तर हामीले विरामी खेलाडीको केयर गरिरहेका छौं। उनीहरु फाइनलका लागि उपलब्ध हुनेछन् भन्ने आशा छ,’ डेम्बेलेले भने। यता प्रशिक्षक डिडियर डेस्क्याम्पसले यसअघि उपलब्ध नभएका दुवै खेलाडी फाइनल खेल्न सक्ने बताएका थिए।

अर्जेन्टिना र फ्रान्सबीचकाे खेल आइतबार नेपाली समयअनुसार राती ८:४५ बजे लुसाइल रंगशालामा हुनेछ । बुधबार राती अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गर्यो ।यसअघि मंगलबार राति साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको थियो ।

माेरक्काेलाई हराउँदै फ्रान्स फाईनल पुगेसँगै अर्जेन्टिनासँगकाे भेट पक्का भएकाे हाे ।समान दुई पटक विश्वकप जितेका यी टिम तेस्रो उपाधिको खोजिमा फाइनलमा भिड्नेछन् ।यदी फाइनलमा अर्जेन्टिनालाई हराउनसके फान्स सन् २००२ मा ब्राजिल पछि लगातार दुई विश्वकप उपाधि जित्ने राष्ट्र बन्नेछ ।

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको थियो । त्यसयता दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।यस्तै, सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो उपाधि जितेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

फाइनल अघि फ्रेन्च स्टारले मेस्सीलाई दिए प्रत्यक्ष चेतावनी!

Sat Dec 17 , 2022
काठमाडौं। २०१८को विश्व कपमा फ्रान्स र अर्जेन्टिना बिच राउन्ड अफ १६मा भेट भएको थियो र उक्त खेलमा अर्जेन्टिनालाई ४-३ले हराउँदै फ्रान्स क्वाटर फाइनल पुगेको थियो र अन्त्यमा फ्रान्सले नै २०१८को उपाधि जितेको थियो। अर्जेन्टिनाले पनि विश्वकपको इतिहासमा दुई पटक उपाधि जितेकाले तेस्रो उपाधि जित्ने रणनीतिका साथ मैदान उत्रने छ। अर्जेन्टिना […]

You May Like

error: