यी २६ वर्षीय इरानका फुटबल खेलाडीलाई मृ’त्युदण्डको घोषणा

काठमाडौं।

महिला अधिकारको पक्षमा उभिएको भन्दै इरानले आफ्नो देशको व्यवसायिक खेलाडी अमिर नसर–अजादानीलाई फाँ’सीको स’जाय सुनाएको छ।२६ वर्षीय डिफेन्डरले इस्लामिक पहिरनको अवज्ञा गरेको आरोपमा पक्राउ गरी जेल हालिएकी माहसा अमिनीको ह’त्याको विरोधमा ऐक्यबद्धता जनाएका थिए।

२२ वर्षीय अमिनीको हिरासतमै नि’धन भएको थियो।खेलाडीलाई मृ’त्युको द’ण्ड सजाय दिने सरकारी निर्णयप्रति इरानको व्यवसायिक फुटबल खेलाडीहरूको संघ (फिफप्रो) ले आपत्ति जनाएको छ र यो निर्णयले आफूहरू स्तब्ध भएको बताएको छ।

यता विश्वकप फुटबल २०२२ मा तेस्रो स्थानका लागि साविक उपविजेता क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्ने भएका छन् । यसअघि समूह चरणमा खेलेका यी टोलीले जारी विश्वकपमै दोस्रो पटक भेट हुने पक्का भएको हो ।

मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो । क्रोएसिया मंगलबार राति अर्जेन्टिनासँग ३-० ले पराजित भएको थियो । यसअघि समूह चरणमा गोलरहित बराबरी खेलेका थिए ।

यी दुई टोलीको खेल आज शनिबार राति ८ः४५ बजे खालिफा इन्टरनेशनल स्टेडियममा हुनेछ । मोरक्को समूह विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउटमा प्रवेश गरेका थिए ।

अन्तिम १६ मा क्रोएसियाले जापानलाई र मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेका थिए । क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमै पराजित गर्दा मोरक्कोले पोर्चुगललाई १-० ले पराजित गरेको थियो ।

उस्तै नतिजासहित सेमिफाइनलमा पुगेका दुई टोलीको यात्रा सेमिफाइनलबाट अगाडि बढ्न नसकेको हो । यसअघिको विश्वकपमा फाइनलमा पुगेको क्रोएसियाले पनि विश्वकपको उपाधि जित्न सकेको छैन ।

मोरक्को भने पहिलो पटक सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा मोरक्कोले बेल्जियमलाई पराजित गरेको थियो भने क्रोएसियार बेल्जियमले बराबरी खेलेका थिए ।

फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्सबीच प्रतिस्पर्धा भोलि हुने छ ।अर्जेन्टिना र फ्रान्सबीचकाे खेल आइतबार नेपाली समयअनुसार राती ८:४५ बजे लुसाइल रंगशालामा हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकप फाइनलअघि फ्रान्सका मुख्य खेलाडी आइसोलेसनमा

Sat Dec 17 , 2022
काठमाडौं। कतारमा जारी फिफा विश्वकप फाइनलको एक दिनअघि फाइनालिस्ट टिम फ्रान्सका खेलाडी आइसोलेसनमा रहेका छन्। फ्रान्सको टिममा रहेका राफेल वारान र इब्राहिम कोनाटेलगायतका खेलाडीलाई रुघामर्की लागेपछि फ्रान्सेली फुटबलका धेरै खेलाडी आइसोलेसनमा रहेको फ्रेन्च फुटबल संघले जानकारी दिएको हो। अब फ्रान्सले आइतबार लुसेल रंगशालामा हुने फाइनल खेलमा अर्जेन्टिनाको सामना गर्दैछ। चार […]

You May Like

error: