के विश्वकप फाइनलमा फर्किँदैछन् बेन्जिमा ? यस्तो भन्छन् मुख्य प्रशिक्षक डेसच्याम्पस

काठमाडौं ।

के बेन्जिमाले विश्वकप फाइनल खेल्छन् ? बुधबार राति मोरक्कोलाई हराउँदै फ्रान्स फाइनल पुगेसँगै यो प्रश्न अहिले अधिकांश फुटबलप्रेमीको मनमा उब्जिएको छ ।

विश्वकपको ठीक अगाडि घाइते भएपछि करिम बेन्जिमाले सबैखेल गुमाए । तर, मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पसले टिमबाट निकालेनन्।

विश्वकपको समूह चरणका खेल नसकिँदै बेन्जिमा चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किए। डेसच्याम्पले बेन्जिमालाई नबोलाउने बताए।फ्रान्स फाइनल पुगेपछि पोस्टम्याच कन्फ्रेन्समा डेसच्याम्पलाई पत्रकारले प्रश्न गरे– बेन्जिमाले फाइनल खेल्छन् ?

डेसच्याम्प मौन रहे । र, अर्को प्रश्न गर्न पत्रकारहरुलाई अनुरोध गरे। पहिला बेन्जिमालाई टिममा नबोलाउने बताएका डेसच्याम्प फाइनल अघि किन चुप रहे, के उनले बेन्जिमालाई बोलाउन चाहेका छन् ? यो प्रश्न अझै अनुत्तरित छ।

बेन्जिमा अहिले स्पेनको राजधानी मड्रिडमा छन् । र, भाल्देवेवासमा रियल मड्रिडको टिमसँगै प्रशिक्षण गरिरहेका छन्। रियल मड्रिडले पनि फ्रान्स फाइनल अपुग्दै यदि फ्रान्स फाइनल पुगे उनलाई कतार जान दिने बताइसकेको छ।

डेसच्याम्पले बेन्जिमाको विषयमा कुनै जवाफ नदिनु र रियलले कतार जान अनुमति दिनुले पनि अर्जेन्टिनाविरुद्धको फाइनलमा बेन्जिमा खेल्न सक्ने अनुमान गर्न सकिन्छ ।

यदि बेन्जिमा फाइनल खेले, त्यो फ्रान्सका लागि निकै फाइदाजनक हुनेछ। किनभने यो वर्षको बालोन डे’ओर विजेता ३४ वर्षीय बेन्जिमा अहिले करिअरकै उत्कृष्ट लयमा छन् । त्यसैले उनी फाइनल खेले फ्रान्सको टिमलाई थप बलियो बनाउने छ।

फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।अर्जेन्टिना र फ्रान्सबीचकाे खेल आइतबार नेपाली समयअनुसार राती ८:४५ बजे लुसाइल रंगशालामा हुनेछ ।

बुधबार राती अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गर्यो ।यसअघि मंगलबार राति साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको थियो ।

माेरक्काेलाई हराउँदै फ्रान्स फाईनल पुगेसँगै अर्जेन्टिनासँगकाे भेट पक्का भएकाे हाे ।समान दुई पटक विश्वकप जितेका यी टिम तेस्रो उपाधिको खोजिमा फाइनलमा भिड्नेछन् ।यदी फाइनलमा अर्जेन्टिनालाई हराउनसके फान्स सन् २००२ मा ब्राजिल पछि लगातार दुई विश्वकप उपाधि जित्ने राष्ट्र बन्नेछ ।

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको थियो । त्यसयता दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।यस्तै, सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो उपाधि जितेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

मेसीका कारण बदलियो ब्राजिलियनहरुको मन !

Sat Dec 17 , 2022
काठमाडौं। ब्राजिलका जस अर्नाल्डो डस सान्तोस जुनियर आफ्नो राष्ट्रिय टोलीको समर्थनका लागि कतार भ्रमणमा गएका थिए। तर कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएसँगै ब्राजिलको छैटौं पटक विश्वविजेता बन्ने सपनाले पूर्णता पाएन। ब्राजिलले २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन। यस क्रममा २००६, २०१० र […]

You May Like

error: