काठमाडौं।
२०१९–२०२२ आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिगको अन्तिम शृंखला ३ देखि १३ डिसेम्बरसम्म मलेसियामा खेलिएको थियो।
उनले क्यानडाले १५ खेलबाट १३ जितसहित लिग ए समाप्त गर्यो र २०२३ ओडीआई विश्वकपका लागि क्वालिफायर प्लेअफमा पुग्न २७ अंकसहित तालिकाको शीर्ष स्थानमा रह्यो।नेपालको मुख्य प्रशिक्षक छाडेका पुबुदु दाानायके अहिले क्यानडा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको भुमिका निभाईरहेका छन्।
पुबुदुले मुख्य प्रशिक्षकको जिम्मा लिएपछि क्यानडा क्रिकेटले फडको मारेको राष्ट्रिय टोलीका कप्तानले बताएका छन्। यसबाहेक लिग ‘बी’ बाट जर्सी टोली यसअघि नै एकदिवसीय विश्वकप छनोटका लागि छनोट भइसकेको छ ।मलेसियामा भएको शृंखलामा क्यानडाको टोलीले पाँचमध्ये चार खेल जितेर उत्कृष्ट प्रदर्शन गरेको थियो ।
क्यानडाले कतारलाई ४ विकेटले, सिंगापुरलाई १८७ रनले, डेनमार्कलाई ७ विकेटले, मलेसियालाई १८९ रनले हराएको थियो भने कतारसँगको खेल वर्षाका कारण रद्द भएको थियो ।
लिग ए मा डेनमार्कको टोली ८ जित र राम्रो रन रेटका कारण दोस्रो, कतार ८ जितसहित तेस्रो, सिंगापुर ७ जितसहित चौथो, मलेसिया ४ जितसहित पाँचौं र भानुआटु ३ जितसहित तेस्रो स्थानमा छ।पछिल्लो सिरिजमा डेनमार्कले सिंगापुरलाई २ विकेटले र भानुआटुलाई ४९ रनले हराएको थियो।
कतारले भानुआतुलाई ४ विकेटले, मलेसियालाई १२१ रनले र सिंगापुरलाई १७ रनले हराएको थियो भने डेनमार्कसँगको खेल वर्षाका कारण रद्द भएको थियो। पाँच खेलमा सिङ्गापुरले एक खेल पनि जित्न सकेको छैन ।
आयोजक मलेसियाले डेनमार्कलाई २ विकेटले, भानुआटुलाई ५ विकेटले र सिंगापुरले ३४ रनले पराजित गरेको थियो । भानुआटुले सिंगापुरलाई २१ रनले हराएको छ।
उल्लेखनीय कुरा के छ भने च्यालेन्ज लिगबाट छनोट हुने दुई टोली (क्यानाडा र जर्सी) ले २०२३ मा हुने विश्वकप लिग २ मा अन्तिम चार स्थानमा रहेको टोलीसँग भिड्नेछन्। उक्त प्रतियोगिताबाट दुई टोली विश्वकप छनोटका लागि छनोट हुनेछन् ।