खेलपछी आफ्नो बेस्टफ्रेन्डलाई अंगालो हालेर सान्त्वना दिदै एम्पाप्पे, दिए मनछुने बयान

काठमाडौं ।

साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।

अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक प्रवेश गरिसकेको छ ।

अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे ।बल पोसेसनमा पकड जमाएको मोरक्कोविरुद्ध फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो ।

खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए ।

विश्वकपको सेमिफाइनलमा फ्रान्सँग मोरक्को २–० ले पराजित भएपछि फ्रान्सका खेलाडी केलियन एम्बाप्पे र मोरक्कोका खेलाडी असरफ हकिमीलाई मैदानमै अंगालो हालेर सम्झाउन पुगे।

दुवै जना एक अर्काका साथी हुन्। सेफिफाइनलमा दुवै जनाले आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै खेले। खेलमा फ्रान्सले बाजी मार्‍यो। त्यसपछि मैदानमै एम्पाप्पेले अंगालो हाल्दै भने, दुःख नमान साथी हेरकले तिमीहरुले जे गर्यौ त्यसको प्रस‌ंशा गर्छन्। तिमीहरुले इतिहास बनाएका छौ।’

दुवै खेलाडी पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यवसायीक फुटबल खेल्ने गरेका छन्। एम्बाप्पे फरवार्ड हुन भने हकिमी डिफेन्डर। ​ एम्बाप्पे र हाकिमी एकअर्काको विषयमा धेरै कुराको जानकारी राख्छन्। पीएसजीमा सँगै खेलेका हकिमीलाई बधाई दिन एम्बाप्पे विश्वकपकै दौरान मोरक्कोको टिम बसेको होटलमा समेत पुगेका थिए।

सन् २०२१ मा इन्टर मिलानबाट पीएसजी आएका हकिमी र एम्बाप्पे एकदमै मिल्ने साथी हुन्। दुवै खेलाडीको जन्म १९९८ मा भएको हो। हकिमी र एम्बाप्पेको गीत र भिडियो गेमको रुचि पनि एउटै छ। एम्बाप्पे हकिमीलाई फ्रेन्च भाषा सिकाउँछन्।

हकिमी मुस्लिम परिवारका हुन्। उनले पीएसजी टिमसँग इदको बेलाको भिडियोहरु सार्वजनिक गरेका थिए। हकिमीले एम्बाप्पेलाई इदको बेला अरबी खाना चखाएका पनि थिए।

सम्बाददाता

Leave a Reply

Next Post

एम्बाप्पेको कारण मेस्सीलाई ठूलो फाइदा!

Thu Dec 15 , 2022
काठमाडौं । कतारको अल बायात स्टेडियममा भएको खेलमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई फिफा विश्वकप २०२२ को दोस्रो फाइनलमा पुर्‍याएका छन् । खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्‍यो। यससँगै मोरक्कोको ऐतिहासिक यात्राको अन्त्य भएको छ । मोरक्को फिफा विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बन्नबाट […]

You May Like

error: