पुन उपाधि नजिक फ्रान्स,मोरक्कोको माथि सहज जित पछि फ्रान्स फाइनल प्रवेश

काठमाण्डौ।

साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।

अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक प्रवेश गरिसकेको छ ।

अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे ।बल पोसेसनमा पकड जमाएको मोरक्कोविरुद्ध फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो ।

खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए ।

उनी ७९ औं मिनेटमै ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।यस अघि फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराएर मोरक्कोसँगको भेट पक्का गरेको थियो ।मोरक्कोले पोर्चुगललाई हराएर पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको थियो ।

आइतबार हुने फाइनल खेल उसले अर्जेन्टिनाविरूद्ध खेल्नु पर्नेछ। अर्जेन्टिना मंगलबार रातीको पहिलो सेमिफाइनलमा क्रोएसियलाई ३–० गोलले पराजित गर्दै फाइनल पुगिसकेको छ।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३९ औं र ६९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै खेल ३–० को अवस्थामा पु¥याएका थिए।

खेलमा थप गोल हुन नसकेपछि अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।अर्जेन्टिना यसअघि १८ वटा विश्वकपमा सहभागी भइसकेको छ। यो उसको लगातार तेह्रौं विश्वकप हो। दुई पटकको विश्वविजेता अर्जेन्टिना पछिल्लोपटक २०१४ मा फाइनलमा पुगेको थियो।

विश्वकै नम्बर एक खेलाडी लियोनल मेस्सीको साथमा भने उसले विश्वकप जित्न सकेको छैन। कप्तान मेस्सीको यो अन्तिम विश्वकप हुने सम्भावना छ।

पछिल्लोपटक ३६ खेलसम्म अपराजित अर्जेन्टिना विश्वकपको पहिलो खेलमा साउदीसँग अनपेक्षित हार हुँदा कीर्तिमानबाट चुकेको थियो। तर त्यसपछिका खेलमा अर्जेन्टिनाले लगातार सुधार गरिरहेको छ।

पहिलो विश्वकपमै फाइनलमा पुगे पनि अर्जेन्टिनाले ४८ वर्षपछि मात्रै उपाधि जितेको थियो। १९७८ मा पहिलो उपाधि जितेको अर्जेन्टिनाले ८ वर्षपछि अर्को उपाधि थप्यो।

सम्बाददाता

Leave a Reply

Next Post

इतिहास रच्न चुके पछि मोरक्कोका खेलाडीले गरे मैदानमा आँसुको वर्षा

Wed Dec 14 , 2022
काठमाण्डौ। साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक प्रवेश गरिसकेको छ । […]

You May Like

error: