काठमाण्डौ।
फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनल खेलमा मोरक्कोसंगको खेलबाट पराजित बनेपछि पोर्चुगलका भेट्रान डिफेन्डर पेपेले फुटबलको सर्वोच्च निकाय फिफामाथि नै गम्भिर आरोप लगाएका छन् । उनले लगाएको आरोपलाई लिएर अहिले विश्व फुटबल ध्यान तानिएका छ ।
पेपेले जारी विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई जिताउनका लागि फिफाले परोक्ष रूपमा मदत गरिरहेको आरोप लगाएका हुन । क्वार्टरफाइनल खेलमा मोरक्कोसँग १–० ले पराजित भएर आउट भएपछि पोर्चुगलका ३९ वर्षीय उपकप्तान पेपे रेफ्रीको कडा आलोचनामा उत्रिएका छन् ।
प्रतियोगितामा कायम रहेका देशबाट रेफ्रीलाई बाँकी खेलमा राखेको प्रति आपत्ति जनाउँदै उनले फिफाको नियत ठीक नरहेको जनाए । अर्जेन्टिना र नेदरल्यान्ड्सको तनावपूर्ण खेलपछि पनि रेफ्रीले अर्जेन्टिनी रेफ्रीलाई प्रतियोगितामा प्रयोग गर्नु ठीक नरहेको पेपेको बताए ।
मोरक्कोसँग पराजित भएपछि मिडियासँग प्रतिक्रिया दिँदै पेपेले फिफा र रेफ्रीमाथि गम्भिर अरोप लगाएका हुन् । उनले भने, ‘अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेलको घटनापछि आजको खेल अर्जेन्टिनाका रेफ्रीले सञ्चालन गर्नु अस्वीकार्य छ ।’
उनले अगाडी थपे, ‘मेस्सीले रेफ्रीबारे गुनासो गर्दै गर्दा र अर्जेन्टिनाको कुरा गर्दै गर्दा म यो सशर्त हो भन्दिनँ । तर, दोस्रो हाफमा हामीलाई कुनै फाउल दिएको थिएन । आजको खेलमा रेफ्रीले जस्ता निर्णयहरू दिए, ती पटक–पटक हामीविरुद्धमा आएका थिए ।’
पेपे भन्छन्, ‘उनीहरूको गोलकिपरले पटक–पटक खेल रोके पनि केवल आठ मिनेटको इन्जुरी समय थपियो । आज मैले जे देखें, त्यसपछि म भन्न सक्छु कि, अब फिफाले अर्जेन्टिनालाई उपाधि दिन सक्ने छ,’ पेपेले अघि थपे, ‘यस्तो खेलमा हामी योखाले रेफ्री र फिफाबाट पनि यस्तो कार्यको आशा गर्न राख्न सक्दैनौं । प्रतियोगितामा कायम रहेका देशका रेफ्री प्रयोग गर्नु धेरै अर्थले राम्रो हुँदैन । उनीहरूले एकअर्काकाको नतिजा प्रभावित पार्न भूमिका खेल्दछन् ।’