मेस्सीको साथी रोनाल्डोले गरे मेस्सीको टिममाथि ठूलो घात!

काठमाडौं।

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ ।कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

२०१८ मा पहिलो पटक विश्वकप फाइनल पुगेको क्रोएसिया यसपल्ट उपाधि उचाल्ने लक्ष्यमा छ । चार वर्षअघि पूरा हुन नपाएको सपना पूरा गर्नबाट उनीहरु यसपल्ट पनि दुई जित टाढा छन् ।

विश्वकपमा दुई देशबीच भएका खेलको विगत हेर्दा दुवै टोली उत्तिकै बलियो देखिएका छन् । अर्जेन्टिना र क्रोएसियाले यसअघि २ वटा विश्वकपमा प्रतिष्पर्धा गरेकोमा दुवै देश एक/एक खेलमा विजयी भएका छन् ।

जारी प्रतियोगितामा लिओनेल मेस्सी र अर्जेन्टिनालाई उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ । यसबारे प्रश्न गर्दा रोनाल्डोले स्पेनिस पत्रिका मार्सासँग यसो भने, ‘म पूरै क्रोएसियाले के सोच्छ भन्न सक्दिन, तर म आफ्नो धारणा भन्न सक्छु ।’

‘म पक्का यस्तै हुन्छ भन्न त सक्दिन । यदि अर्जेन्टिना जित्छ भने म मेस्सीको लागि खुसी हुन्छु । तर तपाईलाई क्रोएसिया र अर्जेन्टिनाबीच लामो समयदेखि प्रतिस्पर्धा रहेको थाहा नै छ । त्यसैले अर्जेन्टिना जित्दा खुसी हुन्छु भन्न सक्दिन । अर्जेन्टिनाले जितोस् भन्ने चाहन्न ।’

‘तर फुटबल मेरो लागि प्रेम हो । म जुनुसुकै टोलीले जितेपनि रमाउनेछु ।’विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिल एक आपसमा भिड्ने आँकलन गरिएको थियो । तर क्रोएसियाले ब्राजिललाई टाइब्रेकरमा पराजित गरेपछि उक्त खेल हुन सकेन । आजको खेलमा क्रोएसिया र अर्जेन्टिनाको विजेताले फाइनलमा फ्रान्स र मोरक्कोबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४ – ३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो।

पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

अर्जेन्टिनाको नाम लिँदै पोर्चुगलका डिफेन्डर पेपेले लगाए गम्भीर आरोप!

Wed Dec 14 , 2022
काठमाण्डौ। फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनल खेलमा मोरक्कोसंगको खेलबाट पराजित बनेपछि पोर्चुगलका भेट्रान डिफेन्डर पेपेले फुटबलको सर्वोच्च निकाय फिफामाथि नै गम्भिर आरोप लगाएका छन् । उनले लगाएको आरोपलाई लिएर अहिले विश्व फुटबल ध्यान तानिएका छ । पेपेले जारी विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई जिताउनका लागि फिफाले परोक्ष रूपमा मदत गरिरहेको […]

You May Like

error: