फाइनल अघि मेस्सीको ठूलो घोषणले अर्जेन्टिनाको टिम ठूलो तनाबमा!

काठमाण्डौ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेसँगै आफ्नो विश्वकप यात्रा सकिने बताएका छन्।साबिक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ। कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को जित हात पारेको हो।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।फिफा विश्वकपअन्तर्गत गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फ्रान्सका किलियान एम्बाप्पेलाई भेटेका छन्।क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल गरेसँगै यो विश्वकपमा उनको गोलसंख्या ५ पुगेको छ। मेस्सी एउटै विश्वकपमा ५ गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी हुन्।

मंगलबार राती भएको क्रोएसियाविरूद्धको खेलमा ३-० को जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप आफूले नखेल्ने बताएका हुन्।

‘फाइनल खेलेर मेरो विश्वकप यात्रा टुंग्याउन पाउँदा म खुसी छु,’ मेसीले अर्जेन्टेनी मिडिया डायरिओ डेपोर्टिभो ओलेसँगको कुराकानीमा भनेका छन्।अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न सक्छुजस्तो नलागेको मेसीले उल्लेख गरेका छन्।

‘यो यात्रालाई यसरी (फाइनल खेलेर) नै टुंग्याउनु सबैभन्दा राम्रो हो,’ उनले भनेका छन्।अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि उचाल्न पाएको छैन। दुई पटकको विश्व विजेता अर्जेन्टिना यसपालि तेस्रो उपाधिको नजिक आइपुगेको छ।बुधबार राती हुने मोरक्को र फ्रान्सबीचको सेमिफाइनल विजेतासँग आइतबार अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

सम्बाददाता

Leave a Reply

Next Post

मोरक्कोसँगको खेल जित्ने काँडा रणनीतिले एम्बप्पे र फ्रान्स ठूलो तनाबमा!

Wed Dec 14 , 2022
काठमाडौँ । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज डिफेन्डिङ च्याम्पियन्स फ्रान्सको सामना यस विश्वकपको ‘जाइन्ट किलर’ टिम मोरक्कोसँग हुदै छ ।यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजे कतारको दोहास्थित अल बायट स्टेडियममा हुदै छ । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ । फ्रान्स र मोरक्को विश्वकपमा पहिलो […]

You May Like

error: