क्रोएसियासँग खेल्नु अघि अर्जेन्टिनाका २ खेलाडीलाई फिफाको प्रतिबन्धन

काठमाण्डौ।

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ ।कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

२०१८ मा पहिलो पटक विश्वकप फाइनल पुगेको क्रोएसिया यसपल्ट उपाधि उचाल्ने लक्ष्यमा छ । चार वर्षअघि पूरा हुन नपाएको सपना पूरा गर्नबाट उनीहरु यसपल्ट पनि दुई जित टाढा छन् ।

विश्वकपमा दुई देशबीच भएका खेलको विगत हेर्दा दुवै टोली उत्तिकै बलियो देखिएका छन् । अर्जेन्टिना र क्रोएसियाले यसअघि २ वटा विश्वकपमा प्रतिष्पर्धा गरेकोमा दुवै देश एक/एक खेलमा विजयी भएका छन् ।

नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४ – ३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो।आज हुने यो खेलमा अर्जेन्टिनालाई खेलाडीको प्रतिबन्धका कारण २ जना मुख्य खेलाडीले सेमिफाइनल खेल गुमाउने पक्का भएको छ।

अन्तिम आठमा नेदरल्यान्ड्सविरुद्ध खेल दौरान पाएको पहेंलो कार्डका कारण उपाधि दाबेदार टिमका २ जना मुख्य खेलाडी आज क्रोएसियाविरुद्ध खेल्दा उपलब्ध हुनेछैनन्।टोलीका राइट ब्याक गोन्जालो मोन्टिएल र अर्का डिफेन्डर मार्कुस अकुनाले आज हुने खेल गुमाउने पक्का भइसकेको छ ।

यी दुवै खेलाडीले क्वार्टरफाइनलसम्ममा २-२ वटा पहेंलो कार्ड पाइसकेका छन् जसका कारण अबको खेलमा उनीहरूमाथि स्वतः प्रतिबन्ध लाग्ने भएको हो फिफाको नियम अनुसार क्वार्टरफाइनलका खेलसम्म कुनै खेलाडीले दुई पहेंलो कार्ड पाए एक खेलमा प्रतिबन्ध लाग्ने नियम छ यही नियमका कारण अकुना र मोन्टिएलले आजको खेल गुमाउनेछन् ।

दुई पहेंलो कार्डबाट लाग्ने प्रतिबन्धको नियम सेमिफाइनल र फाइनल खेलमा भने लागू हुनेछैन । अर्थात् क्वार्टरफाइनलपछिका खेल खेल्ने क्रममा दुई पहेंलो कार्डका कारण प्रतिबन्ध लाग्ने नियम छैन। एकै खेलमा दुईटा पहेंलो कार्ड वा सोझै रातो कार्डको नियम मात्रै सेमिफाइनल र फाइनलमा लागू हेनछ

सम्बाददाता

Leave a Reply

Next Post

बिबादित खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स दुबैलाई फिफाले सुनायो ठुलो सजाय

Tue Dec 13 , 2022
काठमाडौँ  । फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने भएको छ । २२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सका खेलाडीले मैदानमा अनुशासन तोडेका कारण फिफाले कारबाहीको तयारी गरेको छ । फिफाले यी दुवै राष्ट्रलाई कारबाहीस्वरूप जनही १६ हजार डलर जरिवाना गर्न लागेको छ । विश्वकपको दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै […]

You May Like

error: