कुशल भुर्तेलसहित थप दुई खेलाडी पाकिस्तान सुपर लिग(पीएसएल) ड्राफ्टमा

काठमाण्डौ।

नेपालका थप दुई क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग(पीएसएल) ड्राफ्टमा परेका छन् ।नेपालका ओपनर कुशल भुर्तेल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पीएसएल ड्राफ्टको विदेशी खेलाडीको गोल्डेन क्याटागोरीमा परेका हुन् ।

केही दिन अघि विदेशी खेलाडीको सिल्भर क्याटागोरीमा नेपालका पाँच खेलाडी रहन सफल भएका थिए । विकेट किपर तथा ओपनरद्वय अर्जुन साउद र सुवास खकुरेल, फास्ट बलर सोमपाल कामी ,अफस्पिन अलराउण्डर पवन सर्राफ र फास्ट बलिंग अलराउण्डर आदील अन्सारी ड्राफ्टमा परेका थिए ।

आईतबार जारी ड्राफ्ट सूची सहित नेपालका सात खेलाडी पीएसएल ड्राफ्टमा परेका छन् । २०२३ का लागि हुने पीएसएलको खेलाडी ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ । आगामी वर्षको फेब्रुअरी ९ बाट प्रतियोगिता सुरु हुने भए पनि खेल तालिका भने सार्वजनिक भएको छैन ।

यो पनि : यी ब्याट्सम्यानको कारण साइड लाग्यो शिखर धवनको एकदिवसीय करियर !
भारतीय टोलीका विस्फोटक ब्याट्सम्यान शिखर धवनको एकदिवसीय करियर लगभग समाप्त भएको छ । अब शिखर धवनले भारतका लागि एकदिवसीय क्रिकेटमा ओपनिङ गर्न सम्भव छैन ।

बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा तूफानी ब्याट्सम्यान इशान किशनले देखाएको ट्रेलरपछि उनी टीम इन्डियाको पर्मानेन्ट ओपनर बन्ने विश्वास गरिएको छ ।

भारतीय टोली व्यवस्थापनले २०२३ को विश्वकपका लागि आफ्नो खतरनाक ओपनरको खोजी गरिरहेको थियो, जसको खोजी अहिले पूरा भएको छ । २०२३ को विश्वकपमा रोहित शर्मासँग ओपनिङ गर्ने एकमात्र ब्याट्सम्यान इशान किशन हुन्।

शिखर धवनका लागि अब एकदिवसीय क्रिकेटका ढोका लगभग बन्द भइसकेका छन् र बंगलादेशविरुद्धको यो तीन खेलको एकदिवसीय शृंखलामा उनले गरेको प्रदर्शनका कारण उनलाई फेरि एकदिवसीय टोलीमा स्थान पाउन गाह्रो छ ।

बंगलादेशविरुद्धको यो तीन खेलको एकदिवसीय सिरिजमा शिखर धवनले ७, ८ र ३ रन बनाएका छन् । अर्कोतर्फ इशान किशनको कुरा गर्दा बंगलादेशविरुद्धको तेस्रो एकदिवसीयमा ओपनिङ गर्ने मौका मिल्ने वित्तिकै उनले तुफान मच्चाएका थिए ।

यस खेलमा इशान किशनले १३१ बलमा २१० रनको धमाकेदार इनिङ खेलेका थिए । इशान किशनको इनिङ्समा २४ चौका र १० छक्का समावेश थिए । यस अवधिमा इशान किशनको स्ट्राइक रेट १६०.३१ रहेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

फिफालाई गुहार्दै रेफ्री बिरुद्दको बिबादबारे मेस्सीले दिए ठुलो बयान

Sun Dec 11 , 2022
काठमाडौँ । नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४ – ३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो। २०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको थियो। ८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्डसलाई पुनः बिदा गरेको हो। खेलको सुरुवातमा अर्जेन्टिनाले २–० […]

You May Like

error: