नेयमारलाई किन दिइएन सुरुमै पेनाल्टी हान्न?, विवाद सुरु भएपछी यस्तो भन्छन प्रशिक्षक

काठमाडौं ।

विश्वकपको मुख्य दाबेदार ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि यति बेला खेल जगत नै स्तब्ध छ। उपाधि दाबेदार ब्राजिल क्रोएसियासँग क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएको हो।

पाँचौँ पटकको सर्वाधिक विश्वकप विजेता टोली ब्राजिललाई उपाधिको सबैभन्दा ठूलो दाबेदारको रूपमा लिइएको थियो। विभिन्न अध्ययनदेखि फुटबल विज्ञहरूले समेत यस पटकको च्याम्पियन ब्राजिल नै बन्ने भविष्यवाणी गरेका थिए ।

ब्राजिलको टिम हेर्दा पनि त्यस्तै लाग्थ्यो । ब्राजिलमा धेरै राम्रा खेलाडी थिए। जसमा स्टार खेलाडी नेयमारसहित भिनिसियस जुनियर, रोड्रिगो, राफिन्नहा जस्ता फरवार्ड रहेको ब्राजिलियन टोलीमा कासेमिरो, फाबिन्हो, लुका पाक्वेटा र फ्रेड मिडफिल्डमा थिए ।

तर यस पटक नतिजा उल्टियो। २० वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्य राखेको ब्राजिलको सपना तुहिएको छ। ब्राजिलले पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको थियो। तर त्यसपछि हरेक संस्करणमा उपाधि दाबेदार बने पनि ब्राजिल फाइनलसम्म पनि पुग्न सकेको छैन ।

चार वर्षअघि रुसमा भएको विश्वकपमा पनि ब्राजिल बेल्जियमसँग क्वाटरफाइनलबाटै बाहिरिएको थियो । यस पटक पनि क्रोएसियासँग क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित हुँदै घर फर्किएको छ।

शुक्रबार राति एजुकेसन सिटी स्टेडियममा भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

३० मिनेटको अतिरिक्त समयको खेल १९१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे ।

तर, पेनाल्टीमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच नायक बने । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके । अहिले सामाजिक संजालमा नेयमारलाई सुरुमा पेनाल्टी किन हान्न दिइएन भनेर विवाद सुरु भएको छ।

नेयमारले किन शुरुमा पेनाल्टी हानेनन्?
क्रोएसियासँग क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि ब्राजिलका फ्यानहरूले ब्राजिलियन स्टार खेलाडी नेयमारलाई शुरुमै पेनाल्टी प्रहार गर्न नदिएको भन्दै रुष्ट बनेका छन्। उनीहरूले ब्राजिल पराजित हुनुमा ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटे दोषी रहेको बताएका छन्।

ब्राजिलियन स्टार खेलाडी नेयमार पेनाल्टीका लागि पाँचौँ नम्बरमा थिए। नेयमारले सुरुमै पेनाल्टीमा गोल गरेको भए दृश्य फरक हुने धेरैको आँकलन रहेको छ।

नेयमार एक उत्कृष्ट पेनाल्टी प्रहार गर्ने खेलाडी हुन् । यदि उनले सुरुमै प्रहार गरेका भए ब्राजिलले लय लिन सक्ने सम्भावना हुन्थ्यो। र मानसिक रूपमा क्रोएसियन टोलीलाई दबाब हुन्थ्यो। तर, ब्राजिलले सुरुकै पेनाल्टी मिस गर्दा गोलअन्तर भयो जसले दबाब ब्राजिललाई सिर्जना गर्‍यो।

नेयमारले सुरुमै पेनाल्टी प्रहार गर्नु पर्ने कुरामा विवाद र आलोचना शुरु भएपनि ब्राजिलका प्रशिक्षक टिटेले मुख खोलेका छन्। उनले मानसिक रूपमा तयार भएको खेलाडीलाई अन्तिममा पठाउने आफ्नो रणनीति रहेको बताएका छन्। र नेयमारलाई पाँचौँ पेनाल्टी प्रहार गर्नेको रूपमा राखिएको थियो।

‘नेयमार पाँचौँ स्थानमा थिए किनकि त्यो निर्णायक हुनेवाला थियो’ प्रशिक्षक टिटेले भने,’अन्तिममा दबाब अझ बढी हुन्छ र जुन खेलाडी मानसिक रूपमा बढी तयार छ उसैले अन्तिम प्रहार गर्नुपर्छ।’

टिटेको रणनीति गलत थिएन। तर क्रोएसियन गोलकिपरले उक्त रणनीति फेल गरिदिए । यता पूर्व जर्मन स्ट्राइकर गर्जन क्लिन्सम्यानले भने नेयमारले पहिलो प्रहार गर्नुपर्ने बताउँछन्। टिटेको अभिव्यक्तिप्रति असहमति जनाउँदै उनले भने, ‘नेयमारलाई पहिलो नम्बरको पेनाल्टी प्रहार गर्न दिनुपर्थ्यो। लय कायम राख्न पनि उनलाई पहिलो पेनाल्टी दिनुपर्थ्यो।’

सम्बाददाता

Leave a Reply

Next Post

रोनाल्डोकी गर्लफ्रेन्ड प्रशिक्षक सान्तोषमाथि लगाइन ठूलो आरोप!

Sun Dec 11 , 2022
काठमाण्डौ। फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पार्दै मोरक्को सेमिफाइनलमा पुगेको छ।यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। मोरक्कोलाई जित दिलाउने क्रममा खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गोल गरे। पोर्चुगलको तर्फबाट भने खेलमा कुनै गोल हुन सकेन। यससँगै […]

You May Like

error: