विश्वकपबाट बाहिरिएपछि रोनाल्डोको तारिफ गर्दै पूर्वकप्तान पारसले दिए मिठो संदेश

काठमाण्डौ।

फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पार्दै मोरक्को सेमिफाइनलमा पुगेको छ।यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ।

मोरक्कोलाई जित दिलाउने क्रममा खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गोल गरे। पोर्चुगलको तर्फबाट भने खेलमा कुनै गोल हुन सकेन। यससँगै मोरक्कोले नयाँ इतिहास रचेको हो।यसअघि मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।

समूह चरणको खेलमा पनि मोरक्कोले बलियो मानिएको बेल्जियमलाई पराजित गरेको थियो। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा पटक पटक समस्या दियो ।

पोस्टमा बढी आक्रमण गरेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा सुरुवाती अग्रता पनि बनायो । पोर्चुगलले लगत्तै खेल बराबरी गर्ने अवसर पाएपनि क्रसबार बाधक बन्यो । दोस्रो हाफको सुरुवातमै मोरक्को अग्रता दोब्बर पार्ने संघारमा पुगेको थियो । तर त्यसलाई सदुपयोग गर्न नसकेपछि पोर्चुगलले आक्रामक परिवर्तन गर्ने क्रममा क्रिस्टियानो रोनाल्डो र जोआओ क्यान्सेलोलाई मैदान प्रवेश गरायो ।

त्यसपछि लगातार आक्रमण बुनेको पोर्चुगल गोलरक्षक बोनोलाई बिट गर्न भने सफल भएन । खेलको ४२ औं मिनेटमा मोरक्कोले सुरुवाती अग्रता बनाएको थियो । युसुफ एन नेसरीले हेडरमार्फत गोल गर्दै मोरक्कोलाई अघि बढाए । उनले याह्या अतिया अल्लाहको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । गोलरक्षक डिओगो कोस्टा र डिफेन्डर रुवेन डियासभन्दा अघि उफ्रेर उनले बललाई पोस्टको दिशा दिएका थिए ।

पोर्चुगलको हारमा दुःख मान्दै र रोनाल्डोको तारिफ गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले सामाजिक सञ्जाल मार्फत भावुक संदेश दिएका छन्। जसमा उनी लेख्छन् ” हाम्रो पुस्ता भाग्यशाली थियो तपाईको जादू, सीप, शक्ति र उपस्थिति देख्ने मौका पायो । धन्यवाद क्रिष्टियानो रोनाल्डो। खेलकुदलाई पछ्याउने सबैका लागि तपाईं सधैं एक च्याम्पियन हुनुहुन्छ र हुनुहुनेछ।”

खेलको इन्ज्युरी समयमा मोरक्कोका वालिड चेडिरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि पोर्चुगलले यसको फाइदा भने उठाउन सकेन। लगत्तै अर्कोतर्फ पोर्चुगल बराबरी गोलनजिक पुगेको थियो । तर क्रसबार त्यसको अघि बाधक बन्यो । ब्रुनो फर्नान्डेसले दायाँ विंगबाट गरेको शक्तिशाली प्रहारमा गोलरक्षक यासिन बोनो बिट भएका थिए । तर उक्त प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।

८३ औं मिनेटमा गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गर्दै खेलमा मोरक्कोको अग्रता कायम राखे । रोनाल्डोको पासमा जोआओ फेलिक्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बोनोले बचाए । उनले आफ्नो दायाँतर्फ डाइभ दिँदै बललाई बाहिर पठाएका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा बोनोले रोनाल्डोको प्रहारमा गरेको पहिलो बचाउ फुस्काएपनि दोस्रो प्रयासमा रिबाउन्डलाई सुरक्षित राखे । इन्ज्युरी समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेंलो कार्डपछिको रातो कार्ड खाँदै बाहिरीए । उनले एक मिनेटको अन्तरमा दोस्रो फल गरेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाएका थिए ।

यस जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । चौथो क्वाटरफाइनल आज मध्यरात १२:४५ बजे हुनेछ । अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।

सम्बाददाता

Leave a Reply

Next Post

फ्रान्स विश्वकपको सेमिफाइनलमा, बनायो नयाँ कीर्तिमान

Sun Dec 11 , 2022
काठमाडौं । २०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इङ्ल्यान्ड फेरि एक पटक विश्वकपको क्वार्टरफाइनलमा अभागी सावित भएको छ […]

You May Like

error: