सेमिफाइनल खेलअघि अर्जेन्टिनालाई ठुलो धक्का, टिमबाट बाहिरिए २ महत्वपूर्ण खेलाडी

काठमाडौै।

नेदरल्याण्ड्सविरुद्ध तनावपूर्ण खेलमा पेनाल्टी सुटआउटमा ४–३ गाेलले विजयी हुँदै अर्जेन्टिना कतारमा जारी विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ। शुक्रबार सम्पन्न खेलमा निर्धारित समयकाे खेल २–२ गाेलकाे बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटबाट निर्धारण भएकाे थियाे।

निकै तनावपूर्ण खेलमा १५ वटा पहेँलाे कार्ड प्रदर्शन गरिएकाे थियाे। जसमा अर्जेन्टिनाका ८ खेलाडीले पहेँलाे कार्ड पाएका थिए।

यस खेलमा पहेँलाे कार्ड पाउने मार्काेस अकुना र गाेञ्जालाे माेन्टियलले सेमिफाइनल खेल गुमाउने छन्। अर्जेन्टिनाले सेमिफाइनल खेल मंगलबार क्राेएसियाविरुद्ध खेल्दै छ। यी दुवै डिफेन्डरले अस्ट्रेलियाविरुद्ध प्रिक्वाटर फाइनल खेलमा पनि पहेँलाे कार्ड पाएका थिए।

गाेञ्जालाेलाई १०९ मिनेटमा पहेँलाे कार्ड देखाइएकाे थियाे। अकुनाले ४३ मिनेटमा पहेँलाे कार्ड पाएका थिए। याे खेलमा नेदरल्याण्ड्सका डेन्जल डम्फ्रिजले दुई वटा पहेँलाे कार्ड स्वरुप १२८ मिनेटमा राताे कार्डकाे सामना गर्नु परेकाे थियाे।

लिओनल मेसीले निर्धारित ९० मिनेटपछि थप भएकाे १० मिनेटमा नेदरल्याण्ड्सलाई आफ्नाे डिबक्स क्षेत्र नजिक फ्रिकिक हान्न दिने रेफ्रीकाे निर्णयप्रति असन्तुष्टी जनाएका थिए। त्यसैले उनलाई पनि पहेँलाे कार्ड देखाइएकाे थियाे।

२०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको थियो। ८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्डसलाई पुनः बिदा गरेको हो। खेलको सुरुवातमा अर्जेन्टिनाले २–० को अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।

त्यसअघि अर्जेन्टिनाले कप्तान लियोनल मेस्सी र नहुएल मोलिनाको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमा मोलिनाको गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि मेस्सीले ७३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

तर अन्तिम समयमा नेदरल्याण्ड्सका ओउट वेग्होस्र्टले दुई गोल गर्दै नेदरल्याण्डसलाई खेलमा फर्काए। त्यसपछि खेल लम्बिएको थियो। यसअघि २०१४ मा पनि नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमै पराजित भएको थियो।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकपबाट बाहिरिएपछि रोनाल्डोको तारिफ गर्दै पूर्वकप्तान पारसले दिए मिठो संदेश

Sat Dec 10 , 2022
काठमाण्डौ। फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पार्दै मोरक्को सेमिफाइनलमा पुगेको छ।यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। मोरक्कोलाई जित दिलाउने क्रममा खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गोल गरे। पोर्चुगलको तर्फबाट भने खेलमा कुनै गोल हुन सकेन। यससँगै […]

You May Like

error: