विमल घर्तीमगरको भविष्यवाणी सहीसाबित,मेस्सीको गरे खुलेर प्रशंसा

काठमाडौं।

अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो।

आइतबार राति कतारको दोहास्थित लुसेल रंगशालामा अतिरिक्त समयसम्म २–२ को बराबरी भएपछि नतिजा टाई ब्रेकरबाट लिइएको थियो।यस अघि अर्जेन्टिनाले सन् १९७८ मा पहिलो पटक विश्वकप विजेता बनेको अर्जेन्टिनाको यो तेस्रो उपाधि हो।

यसअघि सन् १९८६ मा डिएगो म्याराडोनाको प्रेरणामा अर्जेन्टिनाले दोस्रो तथा पछिल्लो पटक विश्वकप जितेको थियो। सन् २०१४ मा अर्जेन्टिनाई फाइनलसम्म पुर्याएर पराजित भएका मेसी अन्ततः विश्वकप जिताउन सफल भएका छन्।

फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो ।थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

यसैबीच नेपाली राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर विमल घर्तीमगरले विश्वकका समयमा गरेको एक भविष्यवाणी मिलेको छ।उनको भविष्यवाणी अनुसार उनको टोली अर्जेन्टिनाले उपाधि जित्ने रहेको थियो ।जुन हिजो राती भएको खेलमा फ्रान्स माथि जितले पूरा भएको छ।

युवा स्ट्राइकर विमल घर्तीमगर आफू अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको ठूला फ्यान रहेको बताएका थिए।विमलले आफ्नो मन पर्ने टोली र खेलाडी अर्जेन्टिना र मेस्सी फाइनल पुग्ने र जित्ने अनुमान गरेका थिए।जुन पुरा भए पछि धेरै खुसी रहेका छन् ।विमलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै अर्जेन्टिना र मेस्सीलाई बधाई दिएका छन्।विश्व फुटबलमा सर्वकालीन महान खेलाडीको भन्ने विवाद चलिरहेका वेला विमलले मेस्सीलाई संकेत गरेको देखिएको छ।

पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो ।अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे ।

तर, किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके । कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार बाहिरिएको थियो ।त्यसअघि खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।

खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २-० गोलको अग्रता दिलाए । उनले म्याक एलिस्टरको पासमा गोल गरे ।

तर, दोस्रो हाफमा एमबाप्पे चम्किदा फ्रान्सले पुनरागमन गर्यो ।८० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को स्थितिमा ल्याए ।खेलको ८१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-२ गोलको बराबरीमा ल्याए ।

अतिरिक्त समयमा समेत दुबै टोलीले थप एक एक गोल गरेको थियो ।खेलको १०९ औं मिनेटमा मेस्सीले र खेलको ११८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल पेनाल्टीमा गएको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

मेस्सीले बनाए हाल सम्मकै ठूलो कीर्तिमान!

Mon Dec 19 , 2022
काठमाडौं। साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो । कतार विश्वकप फुटबलको विजेता […]

You May Like

error: