नेदरल्याण्ड्स माथि गोलको वर्षा गर्दै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं।

नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४ – ३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो।

२०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको थियो। ८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्डसलाई पुनः बिदा गरेको हो। खेलको सुरुवातमा अर्जेन्टिनाले २–० को अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।

त्यसअघि अर्जेन्टिनाले कप्तान लियोनल मेस्सी र नहुएल मोलिनाको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमा मोलिनाको गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि मेस्सीले ७३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

तर अन्तिम समयमा नेदरल्याण्ड्सका ओउट वेग्होस्र्टले दुई गोल गर्दै नेदरल्याण्डसलाई खेलमा फर्काए। त्यसपछि खेल लम्बिएको थियो। यसअघि २०१४ मा पनि नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमै पराजित भएको थियो।

पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ ।यसअघि निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे ।

क्राेएसियाले ५६ वर्षपछि विश्वकपमा एउटा राेचक इतिहास बनाएकाे छ। उसले ब्राजिलविरुद्ध शुक्रबार राती भएकाे क्वाटर फाइनल खेलमा पाएकाे एउटै मात्र माैकाकाे सदुपयाेग गर्दै खेललाई १–१ गाेलकाे बराबरीमा ल्याएकाे हाे।

याे अवस्था यसअघि १९६६ काे विश्वकपमा बनेकाे थियाे। शुक्रबार निर्धारित समयकाे खेल गाेलरहित बराबरीमा टुंगिएपछि ३० मिनेटकाे थप गरिएकाे समयमा १–१ गाेल गरेकाे थियाे। जसमा १०५ मिनेटमा नेइमारले पहिलाे गाेल गरेका थिए।

क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्वविजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

कतारको एजुकेशन रंगशालामा क्रोएसिया र ब्राजिलले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका थिए । त्यसपछि थप गरिएको ३० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि ब्राजिलले गोल गर्न सकेन । दोस्रो हाफको अन्तिम समयमा ब्राजिलले एकपछि अर्को गोलको सिर्जना गरेको थियो । तर सदुपयोग गर्न सकेन ।

थप गरिएको ३० मिनेट समयको पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । उनले यो गोलसँगै फुटबलका जादुगर भनेर चिनिने पेलेको रेकर्ड बराबरी बनाएका थिए । ब्राजिलबाट सर्वाधिक गोल गर्ने खेलाडी पेलेको ७७ गोलको रेकर्ड नेयमारले बराबरी बनाएका हुन् ।

नेइमारले ४२‍औं मिनेटमा पेनाल्टी एरियाको छेउबाट प्रहार गरेको फ्रि-किकमा सोझै क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचको हातमा पुगेको थियो। त्यसअघि क्रोएसियाका इभान पेरिसिचले १४औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन।

खेलको ११६औँ मिनेटमा ब्रुनो पेटकोभिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरी दिलाए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो ।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकपबाट बाहिरिएपछि नेयमारले गरे ठूलो घोषणाको संकेत!प्रशिक्षक टिटेले दिए राजीनामा

Sat Dec 10 , 2022
काठमाण्डौ। फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् ।प्रतियोगिता सुरु हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवारीमा नरहने बताएका थिए । ६१ वर्षीय प्रशिक्षक पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सन् २०१९ मा कोपा अमेरिका उपाधि […]

You May Like

error: