५६ वर्षपछि क्राेएसियाले रच्यो ठूलो इतिहास

काठमाण्डाै ।

पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ ।यसअघि निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे ।

क्राेएसियाले ५६ वर्षपछि विश्वकपमा एउटा राेचक इतिहास बनाएकाे छ। उसले ब्राजिलविरुद्ध शुक्रबार राती भएकाे क्वाटर फाइनल खेलमा पाएकाे एउटै मात्र माैकाकाे सदुपयाेग गर्दै खेललाई १–१ गाेलकाे बराबरीमा ल्याएकाे हाे।

याे अवस्था यसअघि १९६६ काे विश्वकपमा बनेकाे थियाे। शुक्रबार निर्धारित समयकाे खेल गाेलरहित बराबरीमा टुंगिएपछि ३० मिनेटकाे थप गरिएकाे समयमा १–१ गाेल गरेकाे थियाे। जसमा १०५ मिनेटमा नेइमारले पहिलाे गाेल गरेका थिए।

क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्वविजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

कतारको एजुकेशन रंगशालामा क्रोएसिया र ब्राजिलले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका थिए । त्यसपछि थप गरिएको ३० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि ब्राजिलले गोल गर्न सकेन । दोस्रो हाफको अन्तिम समयमा ब्राजिलले एकपछि अर्को गोलको सिर्जना गरेको थियो । तर सदुपयोग गर्न सकेन ।

थप गरिएको ३० मिनेट समयको पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । उनले यो गोलसँगै फुटबलका जादुगर भनेर चिनिने पेलेको रेकर्ड बराबरी बनाएका थिए । ब्राजिलबाट सर्वाधिक गोल गर्ने खेलाडी पेलेको ७७ गोलको रेकर्ड नेयमारले बराबरी बनाएका हुन् ।

नेइमारले ४२‍औं मिनेटमा पेनाल्टी एरियाको छेउबाट प्रहार गरेको फ्रि-किकमा सोझै क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचको हातमा पुगेको थियो। त्यसअघि क्रोएसियाका इभान पेरिसिचले १४औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन।

खेलको ११६औँ मिनेटमा ब्रुनो पेटकोभिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरी दिलाए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो ।

सम्बाददाता

Leave a Reply

Next Post

मेसीकाे उत्कृष्ट पासमा यी खेलाडी के गरे गोल,नेदरल्याण्ड्सविरुद्ध अर्जेन्टिनाले अग्रता

Fri Dec 9 , 2022
काठमाडौं। कतार विश्वकपको दोस्रो क्वार्टरफाइनलमा नेदरल्याण्ड्सविरुद्ध अर्जेन्टिनाले अग्रता बनाएको छ। लुसैले स्टेडियममा जारी खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन्। कप्तान लियोनल मेस्सीको पासमा मोलिनाले गोल गरेका हुन्। मोलिनाले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्। पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया […]

You May Like

error: