काठमाडौं।
दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी पहिलो क्वार्टरफाइनल खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
अतिरिक्त समयमा पनि गोल हुन नसके खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइनेछ। पाँच पटकको विश्व विजेता ब्राजिल छैटौँ उपाधि जित्न संर्घष गरिरहेको छ। उता साविक उपविजेता क्रोएशिया यो पटक उपाधि जित्ने दाउमा छ।
नेइमारले ४२औं मिनेटमा पेनाल्टी एरियाको छेउबाट प्रहार गरेको फ्रि-किकमा सोझै क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचको हातमा पुगेको थियो। त्यसअघि क्रोएसियाका इभान पेरिसिचले १४औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन।
समूह ‘जी’को विजेता बन्दै अन्तिम १६ मा आइपुगेको ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि दक्षिण कोरियाले ४-१ ले पराजित गरेको थियो। समूह ‘एफ’को उपविजेता बन्दै प्रि-क्वार्टरफाइनलमा पुगेको क्रोएसियाले अन्तिम १६मा पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।
साविक उपविजेता क्रोएसिया ब्राजिललाई हराएर अन्तिम चारको यात्रा तय गर्न चाहन्छ ।राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो ।यता, पाँच पटकको च्याम्पियन ब्राजिल पनि जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ ।ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।हेड टु हेडको कुरा गर्दा ब्राजिल क्रोएसियामाथि हाबी हुँदै आएको छ।
ब्राजिल र क्रोएसियाबीच हालसम्म ४ खेल भएका छन्। जसमा ब्राजिलले तीन खेलमा जित हात पारेको छ। उसले क्रोएसियासँग एक खेल भने बराबरी खेलेको छ। अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिल र क्रोएसियाको पहिलो भेट सन् २००५ मा भएको थियो। उक्त मैत्रीपूर्ण अन्तर्राष्ट्रिय म्याचमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए।
सन् २००६ मा भएको भेटमा ब्राजिलले क्रोएसियालाई १–० हराएको थियो। सन् २०१४ को विश्वकपमा ब्राजिलले क्रोएसियालाई ३–१ गोलले पराजित गरेको थियो। अन्तर्राष्ट्रिय मैत्रीपूर्णअन्तर्गत सन् २०१८ को खेलमा क्रोएसियाविरुद्ध ब्राजिल २–० गोलले विजयी भएको थियो।