सोमपाल कामीले बनाए ठूलो रेकर्ड

काठमाडौं ।

आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गतको नामिबियामा जारी त्रिदेशीय एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आयोजक नामिबियाबाट जितका लागि २ सय ७६ रनको लक्ष्य दिएको छ ।

युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २ सय ७५ बनायो । नामिबियाका लागि मिचेल भान लिन्गेनले १ सय ११ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय १९ रनको शतकीय ईनिङ खेले ।

कप्तान ग्रहार्ड इरास्मसले ७६ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले । जान निकोल ४० तथा डेभेन ला कक १८ रनमा आउट भए । नेपालका लागि ललित नारायन राजवंशीले ४ तथा सोमपाल कामीले २ विकेट लिए । सागर ढकालले १ विकेट आफ्नो नाम गरे ।

नेपालले आफ्नो प्लेईङ११ मा रहेका ३ जना बाहेक सबैबाट बलिङ गराएको थियो । यस सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।

नेपाल र नामिबिया तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको अंक छ ।

यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अंक बाडिएको थियो । यस सिरिजमा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाडेको छ । नामिबियाले ३ खेल खेल्दा १ मा जित,१ मा हार र १ मा अंक बाडेको छ ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

सोमपाल कामीले बनाए ठूलो रेकर्ड

नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण खेलाडी तथा फास्ट बलर सोमपाल कामीले आज आफ्नो ५० विकेट पूरा गरेका छन् ।नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने दोस्रो खेलाडी बनेका छन्।सोमपाल भन्दा अघि सन्दीप लामिछाने रहेका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

भारतविरुद्ध शतक प्रहार गर्दै बंगलादेशका खेलाडीले बनाए नया कीर्तिमान

Wed Dec 7 , 2022
काठमाडौँ । बंगलादेश क्रिकेट टोलीका अलराउन्डर मेहिदी हसन (१००*) ले बुधबार भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा शतक प्रहार गर्दै विशेष उपलब्धि हासिल गरेका छन् । दोस्रो एकदिवसीयमा पहिले ब्याटिङ गरेको बंगलादेशले मेहिदी हसन र महमुदुल्लाह (७७)को उत्कृष्ट इनिङ्सको मद्दतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७१ रन बनाएको थियो । आठौं […]

You May Like

error: