नेपालका ३ खेलाडी पाकिस्तान सुपर लिग(पीएसएल) ड्राफ्टमा

काठमाण्डौ।

नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग(पीएसएल) ड्राफ्टमा परेका छन् ।नेपालका ओपनर अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेटकिपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् ।

पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको कोटामा उनीहरु अटाएका हुन् ।यस संस्करणको पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ ।

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ। तेस्रो खेलमा नेपालले घरेलु राष्ट्र नामिबियाविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। नेपाल र नामिबिया बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ ।

यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र नामिबिया तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको अंक छ ।

यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अंक बाडिएको थियो ।नेपालले दिएकाे एक सय ९८ रनकाे लक्ष्य पछ्याएकाे नामिबियाले ४ बलमा चार रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।

यसअघि युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार नेपालले ५० ओभरमा अलआउट हुँदै १ सय ९७ बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै आरिफ शेखले २३ रन जोड्दा आसिफ शेखले २० रन जोडे । अर्जुन साउद र गुलशन झा समान १८ रनमा आउट भए । कुशल भुर्तेलले १३ रन जोडे भने सोमपाल कामी र कप्तान रोहित पौडेल १० रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सागर ढकाल १ रनमा आउट भए । नामिबियाका तान्गेनी लुन्गामेनीले ३ विकेट लिए । कार्ल ब्रिकेनस्टोकले २ विकेट लिए ।

नामिबियाले ३ खेल खेल्दा १ मा जित,१ मा हार र १ मा अंक बाडेको छ ।७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

नेपालको टिम:

रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा

सम्बाददाता

Leave a Reply

Next Post

नामिबियाले नेपाललाई दियो चुनौतीपूर्ण लक्ष्य, ललितले लिए उत्कृष्ट ३ विकेट

Wed Dec 7 , 2022
काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गतको नामिबियामा जारी त्रिदेशीय एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आयोजक नामिबियाबाट जितका लागि २ सय ७६ रनको लक्ष्य दिएको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २ सय ७५ बनायो । […]

You May Like

error: