काठमाण्डु।
विश्वकपको अन्तिम १६ को खेलमा जापानलाई पछि पार्दै साबिक उपविजेता क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको हो।खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीसँगै खेल अतिरिक्त समय धकेलिएको थियो।
उक्त समयमा पनि गोल हुन नसकेपछि माथिल्लो चरणमा जाने टोलीको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको हो। पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो। यससँगै उसले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
समूह एफको उपविजेता क्रोएसिया पनि समूहमा अपराजित रहँदै नकआउटमा आएको थियो। पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा बेल्जियमसँग पनि गोलरहित बराबरी खेल्यो, जुन नतिजाका कारण बेल्जियम समूहचरणबाटै घर फिर्किएको थियो।
खेलको सुरुवातमा क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन । इभान पेरिसिचको प्रहार गोलरक्षक शुइची गोन्डाले बचाए । त्यसपछि जापानले बल पोसेसनमा रहँदा संयमित आक्रमण गर्दै क्रोएसियालाई दबाब दिइरह्यो ।
दोस्रो हाफमा क्रोएसिया बराबरी गोल फर्काउन सफल भयो । त्यसलगत्तै दुवै गोलरक्षकले लगातार बचाउ गर्दै खेल बराबरीमा राखे । खेलाडी परिवर्तन गरेपछि जापान केहि बलियो देखिएपनि आक्रमण सदुपयोग गर्न भने सकेन ।
पहिलो हाफको एक मिनेट समय बाँकी रहँदा डेजन माएदाले गोल गर्दै जापानलाई अघि बढाए । जापानले छोटो कर्नर खेल्दै निर्माण गरेको मुभमा गोल गरेको हो । पेनाल्टी क्षेत्र भित्र लामो पास क्लिएर हुन नसक्दा माएदाले गोल गरे ।
दोस्रो हाफको ५५ अौं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । इभान पेरिसिचले हेडरमार्फत गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए । डेजान लोभ्रेनको लामो पासमा उनको शक्तिशाली हेडर गोलरक्षक गोन्डाले डाइभ दिएपनि बलसम्म पुग्न सकेनन् ।
५७ अौं मिनेटमा जापानको अग्रतामा गोलरक्षक डोमिनिक लिभाकोभिच बाधक बने । वातारु एन्डोले २५ यार्ड टाढाबाट गरेको प्रहार उनले मुस्किलले क्रसबार माथि पठाए । ६३ अौं मिनेटमा गोन्डाले अर्कोतर्फ उत्कृष्ट बचाउ गरे । लुका मोड्रिचको भलीलाई उनले डाइभ दिँदै विफल पारे ।
यस खेलको विजेता टोलीले क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नेछ । यसअघि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा फ्रान्स र इंग्ल्यान्ड क्वा