दक्षिण कोरिया माथिको जित संगै ब्राजिलले आफ्नो नाम गर्यो अनौठो किर्तिमान

काठमाडौं ।

दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जितसहित पाँचपल्टको विश्व विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ४ गोलको अग्रता बनाएर ब्राजिलले दक्षिण कोरियाली रक्षापंक्ति तहसनहस पारेको थियो । खेलको सातौं मिनेटमै नेइमारको पासमा रियल मड्रिडका युवा स्ट्राइकर भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको केही समयपछि नै ब्राजिलले पेनाल्टी पायो । नेइमारले पेनाल्टीमा गोल गरी अग्रता दोब्बर बनाए । नेइमारले राष्ट्रिय टिमका लागि ७६ औं गोल गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता महान् खेलाडी पेलेको कीर्तिमानबाट १ गोलले पछाडि छन् ।

कतारमा जारी फिफा विश्वकप २०२२ मा टिममा रहेका सबै २६ खेलाडीलाई खेल्ने अवसर दिँदै ब्राजिलले नयाँ कीर्तिमान बनाएको छ । सोमबार राति दक्षिण कोरिया विरुद्धको खेलमा तेस्रो रोजाइका गोलकिपर वेभर्टनलाई खेल्ने अवसर दिएपछि ब्राजिलले टिममा भएका सबै खेलाडीलाई मैदान उतारेको हो ।

समूह चरणको सुरुवाती दुई खेलमा पहिलो रोजाइको टिम खेलाएका टिटेले नकआउट चरण पुगिसकेकपछि समूहको अन्तिम खेलमा क्यामरुन विरुद्ध दोस्रो रोजाइको टिम खेलाएका थिए । ब्राजिलले अहिलेसम्म ४ खेल खेल्दा सबै खेलाडी कम्तीमा एक पटक मैदान उत्रिसकेका छन् ।

दोस्रो रोजाइका गोलकिपर एडरसनले यसअघि क्यामरुन विरुद्ध खेलिसकेका थिए । त्यसैले पाल्मेरियसका गोलकिपर वेभर्टनले कोरिया विरुद्ध अवसर पाए ।

कोभिड १९ महामारीपछि अन्तर्राष्ट्रिय फुटबलमा २६ खेलाडी टिममा राख्ने चलन सुरु भएको थियो भने विश्वपकमा पहिलो पटक एक टिममा २६ खेलाडी राखिएको हो । यसअघिका विश्वकपमा भने एक टिममा २३ खेलाडी मात्र हुन्थे ।

यसअघि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा नेदरल्याण्ड्सले टिममा भएका सबै २३ खेलाडीलाई प्रयोग गरेको थियो ।

तेस्रो स्थानको लागि ब्राजिल विरुद्ध भएको खेलमा नेदरल्याण्ड्सका गोलकिपर मिचेल भोर्न अन्तिम समयमा मैदान प्रवेश गरेपछि सबैले अवसर पाएका थिए ।

सम्बाददाता

Leave a Reply

Next Post

नेयमारले गरे रोनाल्डोको बराबरी, पेलेको कीर्तिमान तोड्नने दाउमा नेयमार

Tue Dec 6 , 2022
काठमाडौँ । फिफा विश्वकपको छैटौं चरणको खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले हराएको छ । यो जितसँगै पाँच पटकको च्याम्पियन ब्राजिल टोली क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले अन्तिम आठमा २०१८ को विश्वकपको उपविजेता क्रोएसियाको सामना गर्नेछ । सोमबार भएको प्रि-क्वार्टरफाइनल खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो […]

You May Like

error: