लगातार गोल खाए पछि आँसुको वर्षा गरे दक्षिण कोरिया, इतिहास रच्न चुक्यो दक्षिण कोरिया

काठमाडौं।

पाँच पटकको च्याम्पियन ब्राजिल फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको अन्तिम १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोलले पराजित गर्दै ब्राजिलले अन्तिम आठमा स्थान पक्का गरेको हो।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै पहिलो हाफमा नै ४ गोलको फराकिलो अग्रता बनाएको थियो । बल पोसेसनमा बलियो पकड जमाउँदै आक्रमण बुनेको ब्राजिलले लगातार आक्रमणमा अवसर सिर्जना गर्दै कोरियालाई समस्या दिएको थियो । कोरियाले पाएको न्यून अवसरमा गोलरक्षक एलिसनलाई दुख दिएपनि गोल फर्काउन सकेन ।

दोस्रो हाफको सुरुवातमा पनि एलिसन नै कोरियाको गोलसामु बाधक बने । ब्राजिलका खेलाडीले एकपछि अर्को अवसर सदुपयोग गर्न नसक्दा कोरियाले भने एलिसनलाई समस्या दिइरह्यो । अन्त्यतिर कोरियाले गोल फर्काएपनि नतिजा बदल्न भने उक्त गोल काम लागेन ।

सहज जित हात पारेको ब्रालिलले पहिलो हाफमै चार गोल गरेको थियो। ब्राजिलका लागि भिनिसियस जुनियरले खेलको सातौं मिनेटमै गोल गर्न सफल भएका थिए। १३ औं मिनेटमा ब्रालिलले अग्रता दोब्बर पार्‍यो। अघिल्ला खेल चोटका कारण गुमाएपछि मैदान फर्किएका नेइमारले पेनाल्टीमार्फत ब्राजिलका लागि दोस्रो गोल गरेका थिए।

रिचार्लिसनले ब्राजिलका लागि तेस्रो गोल गर्न सफल भए। उनले २९ मिनेटमा ब्राजिलका लागि तेस्रो गोल गर्दा एसियन टिम कोरिया पहिलो आधा घन्टा बित्न नपाउँदै ३-० गोलले पछि पारेको थियो। ३६ मिनेटमा लुकास पाक्युटाले अर्को गोल गरेपछि ब्राजिल पहिलो हाफमा ४-० गोलले अघि रहेको थियो।

पहिलो हाफमै चार गोल खाएपछि कोरियाले दोस्रो हाफमा खेलमा सुधार ल्यायो। ७६ मिनेटमा पार्क सेन्होले गोल गर्दा कोरियाका लागि सान्त्वना मिलेको थियो। जित निकालेसँगै अब अन्तिम आठमा ब्राजिल र क्रोएसियाबीच खेल हुने भएको छ।

क्रोएसियाले आजै भएको खेलमा जापानलाई हराएर अन्तिम आठमा स्थान बनायो। निर्धारित र थप गरिएको खेल १-१ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा क्रोएसिया ३-१ ले विजयी भयो।

सम्बाददाता

Leave a Reply

Next Post

बाँकी खेल गुमाउने डरले धेरै रोए नेइमार,आफ्नो उत्कृष्ट कमब्याक पछि के भन्छन् नेइमार?

Tue Dec 6 , 2022
काठमाडौं। पाँच पटकको च्याम्पियन ब्राजिल फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको अन्तिम १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोलले पराजित गर्दै ब्राजिलले अन्तिम आठमा स्थान पक्का गरेको हो। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै पहिलो हाफमा नै ४ गोलको फराकिलो अग्रता […]

You May Like

error: