काठमाण्डु।
अहिले सन्दीप लामिछाने प्रकरण सेलाउदै गएको छ । नेपाली क्रिकेट जगतमा पृथक नाम बनाउन सफल सन्दीप लामिछानेको केस लम्बिदै गइरहेको छ र यसको छिनोफानो हुन अझै १बर्ष लाग्ने देखिन्छ ।राष्ट्रिय क्रिकेट टोलीका पूर्बकप्तान सन्दीप लामिछानेमाथि परेको जबर’जस्ती करणी मुद्दामा पीडित भनिएकी किशोरीले अदालतमा बयान पेश गरेकि छिन् ।
सन्दीपबिरुद्ध उजुरी गर्ने किशोरीले जिल्ला अदालत काठमाडौंमा भौतिक रुपमै उपस्थिीति जनाएर न्यायधीशसमक्ष आफ्नो बयान पेश गरेकी हुन् ।स्रोतले दिएको जानकारी अनुसार किशोरी पक्ष ब्याक हुने मुडमा छैन् । आफ्नो न्यायका लागि जुनसुकै हदसम्म पनि पुग्न किशोरी तयार रहेको स्रोत बताउँछ ।
पिडितले बयान फेर्ने आम मानिसहरुको पूर्बानुमान विपरित उनले झनै कडा बकपत्र अदालतमा पेश गरेकी छिन् । उनलृ आफ्नो न्यायका लागि अन्तिम चरणसम्म लडाईको सिलसिला जारी राख्ने बताएकी छिन् ।
नावालिगको दमदार कमब्याक
नावालिग भनिएकी युवतीले होस्टाइल हुने र सन्दीप लामिछानेले सफाई पाउने अधिकाशंको अनुमान विपरित उनले सो कुरालाई जोडदार रुपमा उठाउन थालेकी छिन् ।
उनको मनोबल बृद्धि भएको छ ।उनी आफुलाई बलियो राख्न माइती नेपालमा आफ्नो अध्ययन सँगसँगै आध्यात्मिक गतिबिधिलाई पनि बढावा दिइरहेकी छिन् ।
उनलाई अध्ययनमा कुनै किसिमको बाधा ब्यबधान नपरोस भनेर ल्यापटप दिइएको छ भने उनका सबै सामाजिक सञ्जालहरु निष्क्रिय पारिएको माइती नेपाल स्रोत बताउँछ ।सन्दीप लामिछानेले आफु विरुद्ध गरेको अन्यायको लागि निरन्तर लडिरहने मुडमा छिन् ।
उनी आफु नावालिग भएको बताइरहेकी छिन् भने नयाँ जन्मदर्तालाई आधार मान्नुपर्ने बताइरहेकी छिन् ।पुरानो जन्मदर्तालाई आधार नमान्ने सम्भावना बलियो रहेको छ ।
यसकारण नयाँ नागरिकतालाई नै आधार मानेर नावा’लिगको बयानलाई नै प्रमाण बनाएको अबस्थामा सन्दीप लामिछाने नेपालको कानुनअनुसार कम्तिमा १० देखि १२ बर्षसम्म जेल जाने सम्भावना बलियो बन्दै गएको छ।